चार थाई नागरिकका साथबाट ३५ किलो चरेस बरामद

चार थाई नागरिकका साथबाट ३५ किलो चरेस बरामद

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २८ गते शनिवार ०९:१९

उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘अनअराइभल भिसा’ लिएका खुलेको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरीको निगरानीमा थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण व्युरो कोटेस्वरमा पठाइएको अध्यागमन कार्यालयले जनाएको छ ।

तीमध्ये तीनजना महिला र एक पुरुष

काठमाडौं– चार जना थाई नागरिकका साथबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारी मात्रामा लागुऔषध बरामद गरिएको छ । प्रहरीले थाईलाइन एयरको उडान नं २२१ बाट बैंकक जान लागेका चार जना थाई नागरिक ३५ किलो चरेससहित माघ २८ गते पक्राउ परेका हुन् ।
उनीहरू ब्यागेज चेकिङ क्षेत्रबाट पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ । उनीहरूमा त्यसमध्ये तीन जना महिला र एक जना पुरुष रहेको प्रहरी भनाई छ । प्रहरी स्रोतका अनुसार उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए । त्यसको पुष्टि अध्यागमन कार्यालयले पनि गरिसकेको छ । उनीहरूले सुटकेसमा फल्स बटन बनाई लागुऔषध चरेस लुकाई छिपाई लैजान लागेको विमानस्थल जनाएको छ ।
पक्राउ पर्नेमा परिचार्त पम्पुक, नटनारे त्रिचैया, याउलुक जुब्श्री र नातपोल त्रिचैया रहेका छन् ।
उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘अनअराइभल भिसा’ लिएका खुलेको प्रहरीले जनाएको छ । उनीहरूलाई प्रहरीको निगरानीमा थप अनुसन्धानका लागि लागुऔषध नियन्त्रण व्युरो कोटेस्वरमा पठाइएको अध्यागमन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०७९ माघ २८, शनिबार २१:१९ गते
हजुरको प्रतिक्रिया