विवेकशील साझामा हाँक्दै दुई महिला नेतृ समीक्षा र रञ्जु

विवेकशील साझामा हाँक्दै दुई महिला नेतृ समीक्षा र रञ्जु

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २९ गते आईतबार ०५:४०

विवेकशील साझा पार्टीको केन्द्रीय कार्यसमितिमा ५१ सदस्यीय हुने व्यवस्था छ । जसमध्ये सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा २÷२ जना, महिला ५ जना, जनसंगठनबाट चयन हुने २ जना गरी २१ जना चयन हुने भएका छन् ।

आठ पदाधिकारी निर्विरोध चयन

काठमाडौं– विवेकशील साझा पार्टीलाई दुई महिला नेतृले हाँक्ने भएका छन् । पुनरोदय भएको सो दलको पहिलो अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रञ्जु दर्शना सहित आठजना पदाधिकारीहरू माघ २८ गते सर्वसम्मत चयन गरेसँगै त्यस्तो खुलासा भएको हो ।
संघीय राजधानी यहाँ दुई दिनसम्म चलेको सो दलको पहिलो महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक केशव दाहालले बताउनु भयो । उहाँका अनुसार उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी चयन हुनु भएको छ ।
यसैगरी, महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी तथा कोषाध्यक्षमा दामोदर नेपाल चुनिनु भएका संयोजक दाहालले जानकारी दिनु भयो ।
विवेकशील साझा पार्टीको केन्द्रीय कार्यसमितिमा ५१ सदस्यीय हुने व्यवस्था छ । जसमध्ये सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा २÷२ जना, महिला ५ जना, जनसंगठनबाट चयन हुने २ जना गरी २१ जना चयन हुने भएका छन् ।
बाँकी २१ जनामध्ये ८ जना अहिलेलाई खाली राख्ने र १३ जना केन्द्रीय समितिले पछि मनोनित गर्ने निर्वाचन समिति संयोजक केशव दाहालको भनाई छ ।

जीवन र मरणको दोसाँधबाट उठेर सो दलले लामो समय पछि पहिलो अधिवेशन गरेको हो । उदघाटन सत्रमा मन्तव्य व्यक्त गर्दै सो दलकी अध्यक्ष बास्कोटाले आफ्नो दललाई राप्रपाकरण हुनबाट बचाउने सकेकोमा गर्व गर्दै यहाँसम्म आएको उल्लेख गर्नु भएको थियो ।

प्रकाशित मिति २०७९ माघ २९, आईतवार ०५:४० गते
हजुरको प्रतिक्रिया