एकिकृत शिक्षक संगठनको पाँचौं जिल्ला सम्मेलनद्वारा न्यौपाने अध्यक्ष चयन

एकिकृत शिक्षक संगठनको पाँचौं जिल्ला सम्मेलनद्वारा न्यौपाने अध्यक्ष चयन

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २९ गते आईतबार ०७:१९

तत्कालका लागि उदिपुर, धिमिरे हुँदै दलाल( फलियासाँघु) निस्कने बैकल्पिक सडक स्तरोन्नती गर्न सके सवारी आवागमनमा सहज हुने मन्त्री चुमानलाई सुझाव राखिएको थियो । उक्त सडक मर्मतका लागी करिव १ करोड बजेट आवश्यक पर्ने भएकाले मन्त्रालयलयको ध्यानाकर्षण गराइएको छ ।

मन्त्री चुमानद्वारा उदीपुर सडक खण्डको निरीक्षण

सुन्दरबजार– एकिकृत अखिल नेपाल शिक्षक संगठन लमजुङको पाँचौं जिल्ला सम्मेलन यहाँ सम्पन्न भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन माघ २८ गते नयाँ समिति चयन गर्दै सम्पन्न भएको हो ।
सो अधिवेशनमा उक्त संगठनका केन्द्रीय उपाध्यक्ष एवम् शिशुविद्याश्रम माविका प्रधानाध्यापक नानुमाया पराजुली, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पारशमणि पौडेल, गण्डकी प्रदेशका निर्वतमार्न स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी तथा संगठनको सल्लाहकार परिषदका केन्द्रीय सहसंयोजक ऋषिराम चापागाई विशेष अतिथि हुनुहुन्थ्यो ।
उक्त संगठनको अधिवेशनले झपेन्द्र न्यौपानेको अध्यक्षतामा नयाँ समिति चयन गरेको निर्वाचन मण्डलका संयोजक एवम् संगठनका केन्द्रीय सदस्य विष्णु महरठ्ठाले बताउनु भयो । उहाँका अनुसार समितिको उपाध्यक्षमा श्रीधर पन्थी, सचिव नवराज अधिकारी, कोषाध्यक्ष नलु गुरुङ हुनुहुन्छ । सो समितिका सदस्यहरूमा रविन्द्र न्यौपाने, जनकलाल श्रेष्ठ, रामवरण मण्डल, भिमलाल तामाङ, पदम पोखरेल, किनुर भुजेल, मणिराम घिमिरे, केशव घिमिरे, राजकुमार अधिकारी, प्रेम परियार, सन्तोष कोइराला, अर्जुन कोइराला र मुक्तमणि पौडेल हुनुहुन्छ ।
कुल २१ सदस्यीय हुने सो जिल्ला समितिमा चार जना सदस्य मनोनित गरी पूर्ति गरिने उक्त संगठनका केन्द्रीय उपाध्यक्ष नानुमाया पराजुलीले बताउनु भएको छ । उहाँका अनुसार बन्द सत्रको अध्यक्षता अध्यक्ष मण्डलका अध्यक्ष दिननाथ त्रिपाठीले तथा उदघाटन सत्रको अध्यक्षता सीताराम अधिकारीले गर्नु भएको थियो ।
उपाध्यक्ष लोकहरि मरहठ्ठाले स्वागत गर्नु भएको उदघाटन सत्रको सञ्चालन संगठनका पूर्वसहसचिव सन्तोष कोइरालाले गर्नु भएको थियो ।
उदीपुर सडकको निरीक्षण :
यसैबीच, गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमानले डु्म्रे– बेसीशहर सडक खण्डको उदीपुर स्थित देउरालीडाँडा खण्डमा चलिरहेको सुखा पहिरोको अवलोक गर्नु भएको छ । उहाँले तत्काल यातायात सेवा सञ्चालन गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । त्यसका लागि वैकल्पिक सडक निर्माणका लागि तत्काल पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भई बजेटको समेत प्रवन्ध गर्ने उहाँले बताउनुभएको सकड डिभिजन कार्यालयका प्रमुख सुमन गिरीले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार त्यसका लागि लागत स्टमेट गरी मन्त्रालयमा पठाउन पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख इञ्जिनियर सुमन गीरिलाई निर्देशन दिनु भएको छ । सो अवसरमा तत्कालका लागि उदिपुर, धिमिरे हुँदै दलाल( फलियासाँघु) निस्कने बैकल्पिक सडक स्तरोन्नती गर्न सके सवारी आवागमनमा सहज हुने मन्त्री चुमानलाई सुझाव राखिएको थियो । उक्त सडक मर्मतका लागी करिव १ करोड बजेट आवश्यक पर्ने भएकाले मन्त्रालयलयको ध्यानाकर्षण गराइएको बताइएको छ ।
सो पहिरो अवलोकन कार्यमा गण्डाकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेल, पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री मधु अधिकारी गुरुङ, जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङ, नेकपा एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी बेसीशहर नगरपालिका उपप्रमुख पद्मा गुरुङ, इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख प्रहरी निरीक्षक राजनप्रसाद तिमिल्सिना लगायत सहभागी हुनु हुन्थ्यो ।
गत भदौ ११ गते पहिरोले यसअघिको डाइभर्सन सडक समेत बगाएपछि कहिले नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै र कहिले माथिल्लो बाटो तथा कहिले पहिरो गएकै बाटो मर्मत गरेर अस्थायी रुपमा सवारी आवागमन गराइरहेको छ ।
डुम्रे–बेंसीसहर–चामे सडक योजनाका कार्यालय प्रमुख ईन्जिनियर अच्युतविलास पन्तले बैकल्पिक सडक निर्माणको लागि मस्र्याङ्दी पारीपट्टीको सडकको स्तरोन्नति गर्न १० करोड रुपैयाँ बढीको स्टेमेटसहित सडक विभागमा पठाइएको बताउनुभएको छ । उहाँका अनुसार अहिले पहिरो गएकै ठाउँमा पक्की सडक निर्माणको लागि २० करोड रुपैयाँ बराबरको टेन्डर आह्वान भएर सडक निर्माण प्रक्रिया अघि बढेको छ ।

प्रकाशित मिति २०७९ माघ २९, आईतवार ०७:१९ गते
हजुरको प्रतिक्रिया