निःशुल्क मुटुरोग शिविरमा १३ सय बढीले सेवा पाए

निःशुल्क मुटुरोग शिविरमा १३ सय बढीले सेवा पाए

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २९ गते आईतबार ११:२३

परीक्षणका क्रममा ३ जना बालबालिकामा मुटु रोग भएको फेला परेको छ । तीमध्ये २ जनाको बाथ मुटुरोग र एक जनालाई जन्मजात मुटु रोग भएको पत्ता लागेको मुटु रोग विशेषज्ञ डा. रेग्मीले जानकारी दिनु भयो । ती दुईको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाले काठमाडौँ स्थित नेपाल हार्ट फाउण्डेसनको तर्फबाट निःशुल्क शल्यक्रिया गरिदिने भएको छ ।

उक्त शिविरमा सुन्दरबजार आसपास र तनहूँको भानु नगरपालिकाका विद्यार्थी तथा सर्वसाधारण गरी १ हजार ३ सय भन्दा बढी लाभान्वित भए

सुन्दरबजार(लमजुङ)– यहाँ सञ्चालिन गरिएको निःशुल्क मुटुरोग शिविरमा १३ सय बढीले सेवा पाएका छन् । स्थानीय एचडिसिएस नमूना सामूदायिक अस्पतालको आयोजनामा दुई दिने मुटुरोग सम्बन्धी निःशुल्क शिविर सञ्चालन भएको हो ।
शिविरका लागि नेपाल हृदयरोग निवारण प्रतिष्ठानले प्राविधिक सहयोग उपलब्ध गराएको थियो । शिविरमा तीन जना व्यक्तिहरूमा मुटुसम्बन्धी समस्या देखिएको छ । पहिलो दिन सुन्दरबजारसँगै जोडिएको तनहूँको मानेचौकास्थित त्रिभूवन माविमा विद्यार्थीहरूको लागि सो शिविर सञ्चालन गरिएको थियो । परीक्षण शिविरमा लमजुङको सुन्दरबजार र तनहूँको भानु नगरपालिका– ११ का ९ सय ५० छात्रछात्राहरूको स्वास्थ्य परीक्षण गरिएको नमूना सामुदायिक अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार यस अस्पतालमा सञ्चालन भएको शिविरमा ३ सय ५५ जना सर्वसाधारणले समेत सेवा लिए । विशेषज्ञ डाक्टरहरुद्वारा सेवा दिइएको उक्त शिविरमा सुन्दरबजार आसपास र तनहूँको भानु नगरपालिकाका विद्यार्थी तथा सर्वसाधारण गरी १ हजार ३ सय भन्दा बढी लाभान्वित भएको श्रेष्ठको भनाई छ । उहाँका अनुसार १७ जनामध्ये १२८ जना महलिा थिए । उहाँले भन्नुभयो, ‘सेवा लिनेहरूमा पाँच वर्षदेखि ८० वर्ष ममेर समूहका थिए ।’
दोस्रो दिन अस्पताल आसपासका ३ सय ५५ जना भन्दा बढी सार्वधारणले निःशुल्क सेवा लिएका छन् । परिक्षणका क्रममा ३ जना बालबालिकामा मुटु रोग भएको फेला परेको छ जसमा २ जनाको बाथ मुटुरोग र एक जनालाई जन्मजात मुटु रोग भएको पत्ता लागेको मुटु रोग विशेषज्ञ डा. प्रकाश रेग्मीले जानकारी दिनु भयो । उहाँका अनुसार परीक्षणका क्रममा ३ जना बालबालिकामा मुटु रोग भएको फेला परेको छ । तीमध्ये २ जनाको बाथ मुटुरोग र एक जनालाई जन्मजात मुटु रोग भएको पत्ता लागेको मुटु रोग विशेषज्ञ डा. रेग्मीले जानकारी दिनु भयो । ती दुईको तत्काल शल्यक्रिया गर्नुपर्ने देखिएकाले काठमाडौँ स्थित नेपाल हार्ट फाउण्डेसनको तर्फबाट निःशुल्क शल्यक्रिया गरिदिने भएको छ ।
डा. रेग्मीका अनुसार स्वस्थ खानपान नहुँदा शहरी क्षेत्रमा देखिने समस्याहरू मधुमेह, उच्च रक्तचाप भएका बिरामी भेटिएको रेग्मीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘परीक्षण गर्न आएकाहरूमा दम लगायतका समस्या पनि अत्याधिक देखिएका छन् ।’ करिब एक सयजना बिरामीले नियमित औषधी सेवन गर्नुपर्ने अवस्था देखिएको उहाँको उल्लेख गर्नु भयो । उहाँका अनुसार उनीहरूलाई सोही अनुसारको औषधी दिएर पठाइएको र नियमित खान सल्लाह दिइएको छ ।
अस्पतालबाट लमजुङ, तनहुँ र गोरखा लगायतका जिल्लाका बिरामीहरूले सेवा लिइरहेको अस्पताल प्रमुख श्रेष्ठले बताउनु भएको छ । उहाँका अनुसार अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी ढंगले विस्तार गर्न विभिन्न ठाउँमा स्वास्थ्य शिविर सञ्चाालन गरिएको छ ।
नमुना सामुदायिक अस्पतालले गुणस्तरीय व्यवस्थापनका साथै गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले एचडीसीएससँग सम्झौता गरी ३० वर्षसम्म अस्पतालको व्यवस्थापन र सञ्चालनको सम्पूर्ण जिम्मेवारी मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस)लाई प्रदान गरेको सो अस्पताल व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर अधिकारीले बताउनु भयो । उहाँका अनुसार एचडिसिएसले गत महिनादेखि अस्पतालमा औपचारिक रुपमा सेवा गरेको हो ।

प्रकाशित मिति २०७९ माघ २९, आईतवार ११:२३ गते
हजुरको प्रतिक्रिया