दोस्रो जिल्लास्तरीय वि लेबल युगल व्याटमिन्टन प्रतियोगितामा राउत र लामाको जोडी पहिलो

दोस्रो जिल्लास्तरीय वि लेबल युगल व्याटमिन्टन प्रतियोगितामा राउत र लामाको जोडी पहिलो

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ माघ २९ गते आईतबार ०६:५६

युमिका स्पोट्र्स हाउस तथा फिटनेस कम्प्लेक्सको आयोजनामा सो प्रतियोगिता भएको हो । दुई दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा डा.पदमबहादुर राउत र पासाङ लामाको जोडीले १४–२१ सेटले गजेन्द्र श्रेष्ठ र गोविन्द बस्नेतको जोडीलाई हराउदै पहिलो उपाधी जितेको हो ।

प्रतियोगिता दुई दिनसम्म चलेको थियो

बेसीशहर– लमजुङमा सञ्चालन गरिएको दोस्रो जिल्लास्तरीय वि लेभल युगल व्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगिताको पहिलो उपाधि डा.पदमबहादुर राउत र पासाङ लामा जोडीले चुमेका छन् ।
युमिका स्पोट्र्स हाउस तथा फिटनेस कम्प्लेक्सको आयोजनामा सो प्रतियोगिता भएको हो । दुई दिनसम्म सञ्चालन गरिएको प्रतियोगितामा डा.पदमबहादुर राउत र पासाङ लामाको जोडीले १४–२१ सेटले गजेन्द्र श्रेष्ठ र गोविन्द बस्नेतको जोडीलाई हराउदै पहिलो उपाधी जितेको हो ।
पहिलो हुने सो जोडीले उपाधिसंगै राउत र लामाको जोडीलाई पुरस्कार स्वरुप १० हजार रुपैया कप मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै उपविजेता श्रेष्ठ र बस्नेतको जोडीलाई ५ हजार रुपैया, कप मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक युमिका स्पोट्र्स हाउसका सञ्चालक विनोद तामाङले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा सेस तामाङ र प्रदिप लामाको जोडी तेस्रो भएको छ । त्यस्तै, प्रतियोगितामा सुरेश कुमार प्रधान र युवराज सुनारको जोडी सान्तावना भएका छन् । उनीहरूले क्रमश मेडल र प्रमाणपत्र पाएको उहाँले बताउनुभयो ।
उक्त प्रतियोगितामा सेस तामाङ र प्रदिप लामाको जोडी वेस्ट प्लेयर घोषित भएका छन् । विजयी खेलाडीहरूलाई मस्र्याङ्दी बहुमुखी क्याम्पसका साहायाक क्याम्पस प्रमुख डा. पदमबहादुर राउत, जिल्ला व्यटमिन्टन संघका अध्यक्ष कृष्णकुमार प्रधानले पुरस्कार वितरण गर्नुभएको थियो ।
पुरस्कार वितरण कार्यक्रममा जिल्ला व्याटमिन्टन संघका सचिव राजु अर्याललगायत खेलाडीहरूको उपस्थिति थियो । प्रतियोगिताको समापन कार्यक्रमको सञ्चालन युमिका स्पोट्र्स हाउसका सञ्चालक विनोद तामाङ र फिटनेस कम्प्लेक्सका सञ्चालक मोहोमद सेखले गर्नुभएको थियो ।

प्रकाशित मिति २०७९ माघ २९, आईतवार १८:५६ गते

हजुरको प्रतिक्रिया