
दु्राडाँडा– लमजुङमा १३ औं खुल्ला रनिङ कप पुरुष र दोस्रो महिला खुल्ला फुटबल प्रतियोगिता आज फागुन १ गतेबाट शुरु हुने भएको छ । सो प्रतियोगिताको गण्डकी प्रदेशका निवर्तमान खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दिपक मनाङेबाट उदघाटन हुने कार्यक्रम रहेको छ ।
सुन्दरबजार नगरपालिका– १० को कोइरालाफाँट स्थित खेलकुद मैदानमा कोइरालाफाँट युवा क्लबले सो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकको भनाई छ । सो प्रतियोगिता सुमे टेकबहादुर दुरा र उहाँकी श्रीमती धनश्री दुराको स्मृतिमा शुरुका वर्षदेखि सञ्चालन हुँदै आएको छ ।
सेभेट साइड स्तरको उक्त प्रतियोगिता दिउँसो २ बजे उदघाटन हुने उक्त प्रतियोगिताको पहिलो दिन आज मैत्रीपूर्ण खेल हुने र भोलिबाट प्रतियोगिताका खेल सञ्चालन हुने भएको आयोजक क्लबका अध्यक्ष सुजन कोइरालाले बताउनु भयो । उहाँका अनुसार प्रतियोगिता ७ गतेसम्म चल्ने र सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा समापन हुने कार्यक्रम रहेको छ ।
सो प्रतियोगितामा सहभागी टिमहरू पुरुषतर्फ २५ र महिलातर्फ १५ भन्दा बढी हुने आंकलन गरिएको सो क्बलका सचिव टेकबहादुर दुराले बताउनु भयो । उहाँँका अनुसार पुरुषतर्फ पहिलो हुने टिमलाई एक लाख २५ हजार रुपैयाँ रनिङ कप, मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार ७० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी, सर्वाधिक गोलकर्ता, उत्कष्ठ खेलाडी र उत्कष्ठ गोल रक्षकलाई जनही दुई हजार पाँच सय नगद, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने अनुशासित टिमलाई एक थान फुटबल र प्रमाणपत्र दिइने छ ।
त्यस्तै, महिलातर्फको खेलमा पहिलो टिमलाई २५ हजार नगद, रनिङ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमका लागि १५ हजार, मेडल र प्रमाणपत्र, हजार पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको सो प्रतियोगिताका खेल संयोजक रोशन दुराले बताउनु भयो । उहाँका अनुसार सर्वाधिक गोलकर्ता, उत्कष्ठ खेलाडीलाई दुई हजार नगद, मेडल र प्रमाणपत्र तथा उत्कृष्ठ टिम मैनेजरलाई ट्रफी र प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति २०७९ फाल्गुन १, सोमबार ०९:५७ गते