रास्वपाको बैठक शुरु, केन्द्रीय समिति विस्तार गर्ने तयारी

रास्वपाको बैठक शुरु, केन्द्रीय समिति विस्तार गर्ने तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण १ गते सोमबार ०४:१४

बैठकमा रास्वपाले समसामयिक राजनीति, सल्लाहकार समिति गठन, केन्द्रीय समिति विस्तार, विभाग गठनकासाथ विविध विषयमा छलफल गर्ने ऐजेण्डा रहेको रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार अहिले रास्वपाको केन्द्रीय समिति २४ सदस्यीय छ ।

चितवन– २ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार प्राइमरी इलेक्सनबाट छान्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा दिउँसो साढे ३ बजेबाट बैठक शुरु भएको हो ।
बैठकमा रास्वपाले समसामयिक राजनीति, सल्लाहकार समिति गठन, केन्द्रीय समिति विस्तार, विभाग गठनकासाथ विविध विषयमा छलफल गर्ने ऐजेण्डा रहेको रास्वपाका सह–महामन्त्री कविन्द्र बुर्लाकोटीले बताउनु भयो । उहाँका अनुसार अहिले रास्वपाको केन्द्रीय समिति २४ सदस्यीय छ । केन्द्रीय समितिमा केही सदस्य थप्नेबारे आज निर्णय हुने सम्भावना छ ।
बैठकमा सह–महामन्त्री बुर्लाकोटीले बैठकमा छलफलका लागि एजेण्डा पेस गर्नु भएको छ । महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल उपत्यका बाहिर रहनु भएको हुँदा आजको बैठक सञ्चालनको जिम्मा बुर्लाकोटीलाई आइपरेको हो ।
यसैबीच, रास्वपाले चितवन– २ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार प्राइमरी इलेक्सनबाट छान्ने भएको छ । उक्त क्षेत्रमा यसअघि पार्टी सभापति रवि लामिछाने निर्वाचित हुनु भएको थियो । नागरिकता मुद्दामा उहाँको पद बदर भएपछि निर्वाचन आयोगले आउँदो वैशाख १० गते चितवन– २ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ ।
सभापति रबिले फेरि उम्मेदवार बन्न आफू पार्टीको प्राइमरी इलेक्सनमा सहभागी हुने जनाउ दिनु भएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन १, सोमबार १६:१४ गते
हजुरको प्रतिक्रिया