तनहुँ– तनहुँको बन्दीपुरमा ८४ वर्षीया वृद्ध आमाको हत्या आरोपमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । ती श्रीमान श्रीमती तनहूँ प्रहरीले फागुन १ गते पक्रिएको हो ।
बन्दीपुर गाउँपालिका– ३ शेराटारमा माया सर्किनी सो दिन बिहान ५ बजे माया मृतावस्थामा फेला परेकी थिइन् । उनको हत्या भएको पुष्टि भएको छ । सो हत्या घट्नामा छोरा ४७ वर्षका राजकुमार सार्की र बुहारी ३५ वर्र्षीया सुशीला मजकोटीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताउनु भयो । उहाँका अनुसार बिहान गाई गोठमा आगो लगाएको अवस्थामा प्रहरीले ती बृद्धाको शव भेटेको थियो । उहाँले भन्नुभयो, ‘ती बृद्धाको गोठमा शव जलाउने क्रममा वस्तुभाउ समेत मरेको फोला परेको थियो ।’
घट्नाको प्रारम्भिक अनुसन्धानमा छोरा बुहारी मिलेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अवदेश बिष्ट क्षेत्रीले बताउनु भयो । उहाँका अनुसार घर नजिकैको गोठमा आगो लगाई गोठ पूर्ण रूपमा जली गाईसमेत मृतावस्थामा रहेको भनी इलाका प्रहरी कार्यालय बन्दीपुर तनहूँ हुँदै जिल्ला प्रहरी कार्यालयमा खबर आएको थियो । उहाँले भन्नुभयो, ‘घटनास्थल तथा शवजाँच मुचुल्का गरी प्रारम्भिक अनुसन्धान गर्दा मायालाई निजकै छोरा– बुहारीले कर्तव्य गरी मारेको खुल्न आएकाले पक्राउ गरी अनुसन्धान थालिएको छ ।’
प्रकाशित मिति २०७९ फाल्गुन २, मंगलवार ११:२६ गते