कांग्रेस नेता डा. चन्द्र भण्डारीका आमा छोरा ग्यास सिलिन्डर विस्फोटबाट घाइते

कांग्रेस नेता डा. चन्द्र भण्डारीका आमा छोरा ग्यास सिलिन्डर विस्फोटबाट घाइते

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ४ गते बिहिबार ०५:०५

खाना पकाउने ग्यास लिक भएर सिलिन्डर विस्फोट भएको आशंका गरिएको आशंका छ । रातको खबतमा सुतिसकेपछि करिब १० बजेतिर सिलिन्डर विस्फोट हुन गएको थियो ।

८६ बर्षिया आमाको अवस्था गम्भिर, दुवैको कीर्तिपुर अस्पतालको आईसीयूमा उपचार हुँदै

काठमाडौं– कांग्रेस नेता डा. चन्द्र भण्डारीका आमा/छोार ग्यास सिलिन्डर विस्फोटबाट घाइते हुनु भएको छ । बुद्धनगरस्थित निवासमा ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उहाँकी ममतामयी आमा फागुन ४ गते राति घाइते हुनु भएको हो ।
८६ बर्षिया आमाको अवस्था गम्भिर रहेको अस्पताल स्रोतले बताएको छ । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसकोतर्फबाट सांसद समेत रहनु भएका नेता चन्द्र भण्डारी घाइते हुनु भएको उहाँका सहयोगी भुवन भुसालले बताउनु भएको हो । यहाँका अनुसार अहिले उहाँहरू दुवैको कीर्तिपुर अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ । आमाको अवस्था गम्भिर छ । उहाँको शरीरको ७० प्रतिशतभन्दा बढी भाग जलेको अस्पताल स्रोतले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
आफूसहित आफन्तहरू अस्पतालमै रहेको भुसालको भनाई छ । उहाँको अवस्था बुझ्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एनपी साउँदलगायतका नेताहरू अस्पताल पुग्नु भएको थियो ।
खाना पकाउने ग्यास लिक भएर सिलिन्डर विस्फोट भएको आशंका गरिएको आशंका छ । रातको खबतमा सुतिसकेपछि करिब १० बजेतिर सिलिन्डर विस्फोट हुन गएको थियो ।

प्रकाशित मिति २०७९ फाल्गुन ४, बिहीबार ०५:०५ गते
हजुरको प्रतिक्रिया