अनेरास्ववियुको नयाँ नेतृत्वका लागि तीन जना प्रत्यासी

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि तीन जना प्रत्यासी

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ४ गते बिहिबार ०७:१४

महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधिले भाग लिएको महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्ने कार्यक्रम छ ।

ऐले विहान ९ बजेदेखि मतदान शुरु हुँदै

काठमाडौं– अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । नेकपा (एमाले) निकटको सो विद्यार्थी संगठनको फागुन ४ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुन लागेको हो । अनेरास्ववियुको नयाँ नेतृत्वका लागि तीन जना प्रत्यासी चुनावी मैदानमा छन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी २३ औंं महाधिवेशनमा अध्यक्षका लागि निर्वतमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, मोति विश्वकर्मा र महासचिव समिक बडालले प्रत्यासी रहेको अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिनु भएको छ ।

सो प्रयोजनाका लागि हिजो मतदाता नामावली सार्वजनिक, उम्मेदवार दर्ता लगायतका काम सकिएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले बताउनु भएको छ । उहाँका अनुसार निर्वाचनका क्रममा आज फागुन ४ गते बिहान ९ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्ने कार्यक्रम छ । महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधिले भाग लिएका छन्् ।
निर्वाचन प्रक्रियालाई व्यवस्थित, छिटोछरितो बनाउन विद्युतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको छ । माफुन २ गतेदेखि सुरु भएको महाधिवेशन आज नयाँनेतृत्वको घोषणासँगै समापन हुने बताइएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन ४, बिहीबार ०७:१४ गते
हजुरको प्रतिक्रिया