काँग्रेस नेता डा. चन्द्र भण्डारीलाई मुम्बई लैजाने तयारी

काँग्रेस नेता डा. चन्द्र भण्डारीलाई मुम्बई लैजाने तयारी

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ४ गते बिहिबार १०:३३

अस्पतालले सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सुझाव दिए पनि भेटघाट गर्नेहरूसँग आफू उपचारका लागि अर्को मुलुक नजाने अडान डा. भण्डारीले लिदै आउनुभएको थियो । तर कांग्रेस नेताहरूको दबाबपछि उनी तयार भएको पारिवारिक स्रोतको भनाई छ ।
डा. भण्डारीलाई विमानस्थलसम्म लैजान अहिले कीर्तिपुर अस्पतालमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

एक डेढ घण्टामा प्रक्रिया पूरा गरेर भण्डारीलाई भारत पठाइने

काठमाडौं– नेपाली कांग्रेसका नेता, डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । डा. भण्डारीलाई मुम्बईको नेशनल बर्न सेन्टर लैजाने तयारी गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद समेत रहनु भएका डा. भण्डारीलाई स्वास्थ्यमन्त्री पदम गिरीले अस्पतालमा पुगेर नेता भण्डारी र चिकित्सकसँग भेट गर्नु भएपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँ (चन्द्र भण्डारी) ले मान्नु भएको छैन । उहाँले यहीँ उपचार गर्नू भन्नुभएको छ तर चिकित्सकको सुझावका आधारमा हामीले भारतको मुम्बईमा उपचारका लागि लैजाने व्यवस्था मिलाएका छौँ ।’ उहाँका अनुसार अबको एक डेढ घण्टामा प्रक्रिया पूरा गरेर भण्डारीलाई भारत पठाइनेछ ।
अस्पतालले सुविधा सम्पन्न स्वास्थ्य संस्थामा लैजान सुझाव दिए पनि भेटघाट गर्नेहरूसँग आफू उपचारका लागि अर्को मुलुक नजाने अडान डा. भण्डारीले लिदै आउनुभएको थियो । तर कांग्रेस नेताहरूको दबाबपछि उनी तयार भएको पारिवारिक स्रोतको भनाई छ ।
काठमाडौंको बुद्धनगरस्थित घरमा ग्यास सिलिन्डर विस्फोट भइ गएराति आगलागी हुँदा डा. चन्द्र भण्डारी र उहाँकी ८६ वर्षीया बृद्ध आमा हरिकला भण्डारीको शरीरमा आगो सल्किएको थियो । आमाको शरीरको ७० प्रतिशत भाग जलन भएको तथा छोरा चन्द्रको ३० प्रतिशत जलन भएको अस्पतालले जनाएको छ ।
अस्पतालले डा. चन्द्रका दुवै हात, दुवै गोडा र अनुहार जलन भएको छ भने फोक्सोमा समेत असर गरेको छ । त्यस्तै, आमाको जीउको अधिकांश भाग जलन भएको छ ।
दुवै जनाको स्वास नलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुनसक्ने अत्यधिक संभावना रहेको अस्पतालका चिकित्सकद्वय डा. किरण नकर्मी र डा. निजिना ताम्राकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डा. भण्डारीलाई विमानस्थलसम्म लैजान अहिले कीर्तिपुर अस्पतालमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन ४, बिहीबार १०:३३ गते
हजुरको प्रतिक्रिया