काँग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन

काँग्रेस नेता चन्द्र भण्डारीकी आमाको निधन

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ४ गते बिहिबार ०५:०६

नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको बेला आमाको निधन भएको हो ।
हरिकलाको विहान १०ः५७ बजे मृत्यु भएको सो अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले बताउनु भयो ।

८६ वर्षीया उहाँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौं– ग्यास सिलिण्डरबका कारण आगलागीमा परी घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । ८६ वर्षीया उहाँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बुद्धनगरस्थित निवासमा गएराति आगलागीमा परी नेता भण्डारी र उहाँकी आमा हरिकला र नेता भण्डारी सख्त घाइते हुनु भएको थियो । नेता भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको बेला आमाको निधन भएको हो ।
हरिकलाको विहान १०ः५७ बजे मृत्यु भएको सो अस्पतालकी मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले बताउनु भयो ।
गुल्मी– १ बाट निर्वाचित कांग्रेसका सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । ग्यास लिक भएको र त्यहिबेला बिजुलीको स्वीच अन गर्दा आमा– छोरा आगलागीमा परेका प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
ग्याँसको गन्ध आएपछि आमा हरिकलाले छोरालाई त्यसबारे जानकारी दिनु भएपछि नेता भण्डारीले भान्सा कोठामा गएर बिजुलीको स्वीच अन गर्नु भएको थियो । स्वीच अन गर्दा ‘स्पार्क’ भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले जानकारी दिनु भयो । उहाँका अनुसार आगलागीमा ग्यास विस्फोट भएको थिएन । रिजालले भन्नुभयो– ‘सिलिन्डर पड्केको छैन ।’
नेता भण्डारीको शरीरको बाहिरी भाग ३० प्रतिशत र भित्री भागमा १५ प्रतिशत जलेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । उनीहरूका अनुसार आमा हरिकलाको बाहिरी भागमा ७० प्रतिशत जलेको थियो ।

प्रकाशित मिति २०७९ फाल्गुन ४, बिहीबार १७:०६ गते
हजुरको प्रतिक्रिया