हिमाली आवासीय मा.वि. को चौँतिसौँ वार्षिकोत्सवमा विविध कार्यक्रम

हिमाली आवासीय मा.वि. को चौँतिसौँ वार्षिकोत्सवमा विविध कार्यक्रम

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ५ गते शुक्रबार ०६:५०

भोर्लेटार (लमजुङ) । हिमाली आवासीय माध्यमिक विद्यालयको एकतिसौँ अभिभावक दिवस तथा चौँतिसौँ वार्षिकोत्सव समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । तिन दिवसीय रूपमा आयोजना गरिएको वार्षिकोत्सवमा आज पुरस्कार वितरण, विद्यालयप्रति...

भोर्लेटार (लमजुङ) । हिमाली आवासीय माध्यमिक विद्यालयको एकतिसौँ अभिभावक दिवस तथा चौँतिसौँ वार्षिकोत्सव समारोह विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । तिन दिवसीय रूपमा आयोजना गरिएको वार्षिकोत्सवमा आज पुरस्कार वितरण, विद्यालयप्रति योगदान दिनुहुने व्यक्तित्वहरूप्रति सम्मान तथा विविध सांस्कृतिक कार्यक्रमका साथ मध्यनेपाल नगरपालिका-६ मा अवस्थित भोर्लेटारमा  कार्यक्रमको समापन फागुन ५ गते भएको हो । उक्त कार्यक्रममा प्रस्तुत गरिएका विद्यार्थीका आकर्षक नृत्यले अभिभावकको मन लोभ्याएको पाइन्थ्यो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर गुरुङको अध्यक्षता र मध्यनेपाल नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विश्वराज घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पूर्व शिक्षक आनन्दराज पौडेललाई विद्यालयप्रति पुर्‍याएको योगदानको कदर गर्दै प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल कर्मसिं लामा तथा विद्यार्थीहरू सेवक गुरुङ र सूचना शर्माले कार्यक्रममा उपस्थित अतिथि तथा अभिभावकहरूलाई स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा एसइइ परीक्षामा उत्तीर्ण हुने २०७६, २०७७ र २०७८ सालको ब्याचका विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

सो अवसरमा दीर्घसेवी शिक्षिका शकुन्तला गौतम लगायत विद्यालयमा कार्यरत शिक्षक-शिक्षिकालाई सम्मान गरिनुका साथै खेलकुद कार्यक्रमका विजयी छात्रछात्रा तथा अभिभावकलाई पुरस्कार प्रदान गरिएको विद्यालयका संस्थापक रमिला गुरुङले अन्तरङ्ग न्युज डट कमलाई बताउनुभयो ।

प्रकाशित मिति २०७९ फाल्गुन ५, शुक्रबार १८:५० गते
हजुरको प्रतिक्रिया