काँग्रेसका उपसभापति घिमिरेलाई मातृ शोक

काँग्रेसका उपसभापति घिमिरेलाई मातृ शोक

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ७ गते आईतबार ०३:१९

उहाँ ९२ वर्षकी हुनुहुन्थ्यो । लमजुङको मध्यनेपाल नगरपालिका– ७ रामबजारमा स्थायी बसोबास हुनुभएकी उहाँको निधन आफ्नै घरमा भएको हो ।

आफ्नी ममतामयी आमा बसुन्धरा घिमिरेको आज विहान निधनभएसँगै उहाँ शोकमा पर्नु भएको हो ।

रामबजार(लमजुङ)– नेलाली काँग्रेसका उपसभापति आनन्द घिमिरेलाई मातृ शोक परेको छ । उहाँकी ममतामयी आमा बसुन्धरा घिमिरेको निधनभएसँगै उहाँ शोकमा पर्नु भएको हो । बसुन्धराको फागुन ७ गतेका दिन विहान ०५ः१५ को समयमा निधन भएको हो ।
उहाँ ९२ वर्षकी हुनुहुन्थ्यो । लमजुङको मध्यनेपाल नगरपालिका– ७ रामबजारमा स्थायी बसोबास हुनुभएकी उहाँको निधन आफ्नै घरमा भएको हो । उमेर बृद्ध भए पनि उहाँ खासै बिरामी हुनुहुन्थेन । हिजो महाशिवरात्री पर्वको दिनमा पनि दिनभर घरमा आउनु भएका पाहुनाका साथमा गफ गरी बस्नु भएको पारिवारिक स्रोतले जनाएको छ । साँझमा समेत साविकको खाना खानु भएकी उहाँलाई राती करिब १२ बजेको समयदेखि केही असहज स्थितिको अनुभव गर्नु भई थोरै बान्तासमेत भएको रहेछ । त्यसपछि शिवरात्रीमेला हेर्न जानु भएका उहाँका छोरा आनन्दलाई खबर गरियो उहाँ घरमा फर्किएर आमालाई बोलाई सोध्दा आँखा खोल्न भएको छैन, अरु सबै ठीकै छ भन्नु भएको रहेछ । विहान ३ बजे तिर डाक्टरलाई समेत लगेर देखाउने काम भएको, घरमै उपचारको प्रयास हुँदा हुँदा ५ं.१५ बजे उहाँको निधन हुन गएको जानकारीमा आएको छ ।
उहाँको निधनको खबर पाएपछि उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली काँग्रेसका गण्डकी प्रदेशका सहसचिव रमेशकुमार पाण्डे, सोही समितिका संगठन विभागका प्रमुख हरिप्रसाद बराल, जिल्ला सभापति एवम् गण्डकी प्रदेशका सभासद डा. टकराज गुरुङ, अर्का सभासद एवम् नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति भेषबहादुर पौडेल, सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइराला, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीलगायत स्थानीय मराङघाट(ढूलो ढुंगा) पास्ते खोला र मादी नदीको दोभानमा पुग्नु भएको थियो । रुद्धाञ्जली दिनका लागि त्यहाँ पुग्नु हुनेहरूमा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चचार्य पारशमणि पैडेल, ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र शास्त्री, ईशानेश्वर क्याम्पस भोर्लेटारका प्रमुख रमेशचन्द्र घिमिरे, मंगला माविका प्रधानाध्यापक विष्ण बास्तोला, नेपाली काँग्रेसका मध्यनेपाल नगरसमितिको अध्यक्ष बसन्त घिमिरे, ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष एवम् वरिष्ठ पत्रकार नवराज पहाडी, सोही प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरे लगायतका व्यक्तिहरू शुभचिन्तकहरूको उहाँको अन्तिम विदाईमा उपस्थिति थियो ।
श्रद्धाञ्जली अर्पण कार्यक्रम सकिएपछि मृतकका छोरा आनन्दले उहाँको पार्थिव शरीरमा दागबत्ती दिनु भएको थियो ।
आनन्द स्वर्गीय मिमिरेका एक्लो छोरा हुनुहुन्छ भने दुई छोरी हुनुहुन्छ । उहाँका तीन नातिनी र एक नाती छन् ।

प्रकाशित मिति २०७९ फाल्गुन ७, आईतवार १५:१९ गते
हजुरको प्रतिक्रिया