नेपाली कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

नेपाली कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ८ गते सोमबार ०९:१०

प्रतिनिधिसभा सदस्य समेत रहनु भएको डा चन्द्रकान्त भण्डारी राष्ट्रवादी सोच र चिन्तन भएका सुशासनका पक्षधर काँग्रेसका नेताहरूमा पृथक व्यक्तित्वका धनी मानिनु हुन्छ ।

उहाँका सबै अंगहरूले नर्मल रूपमा काम गरिरहेको डाक्टरहरूद्वारा जानकारी

मुम्बई(भारत)– नेपाली कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भएको छ । उहाँको उपचारमा संलग्न रहेका चिकित्सकहरूले नेता भण्डारीको अवस्था क्रमिक रूपमा सुधार हुँदै गइरहेको फागुन ८ गते जानकारी दिएका हुन् । नेता भण्डारीको स्वास्थ्य अवस्था सामान्य हुँदै आएको छ ।
गत फागुन ३ गते राति काठमाडौंको बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा काँग्रेस नेता भण्डारी र उहाँकी आमा गम्भीर घाइते हुनु भएको थियो । उहाँकी आमा हरिकलाको कीर्तिपुरस्थित अस्पतालमा उपचारका क्रममा यही फागुन ४ गते निधन भएको छ । नेता भण्डारीलाई थप उपचारका लागि सोही दिन भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको हो ।
सोही अस्पतालमा नेता भण्डारीको थप उपचार चलिरहेको छ । नेता भण्डारीको प्लेटिलेट्सको मात्रा बढेको तथा पिसाबको मात्र नर्मल देखिएको चिकित्सकहरूले जानकारी दिएको उहाँको साथमा उक्त अस्पतालमै रहनु भएका कांग्रेस नेता योगराज कँडेलले बताउनु भयो । उहाँका अनुसार नेता भण्डारीको शरीरमा ज्वरो आउन छाडेको छ ।
कँडेलले भन्नुभयो, ‘सबै अंगहरूले नर्मल रूपमा काम गरिरहेको जानकारी डाक्टरहरूले दिनुभएको छ, अक्सिजन दिन छाडिएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ ।’
प्रतिनिधिसभा सदस्य समेत रहनु भएको डा चन्द्रकान्त भण्डारी राष्ट्रवादी सोच र चिन्तन भएका सुशासनका पक्षधर काँग्रेसका नेताहरूमा पृथक व्यक्तित्वका धनी मानिनु हुन्छ ।

प्रकाशित मिति २०७९ फाल्गुन ८, सोमबार २१:१० गते
हजुरको प्रतिक्रिया