नेपाली लेखक सङ्घ गण्डकीले दौँतरी शृङ्खला सञ्चालन गर्ने

नेपाली लेखक सङ्घ गण्डकीले दौँतरी शृङ्खला सञ्चालन गर्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ९ गते मङ्गलबार १०:५५


सकभर एकै उमेर समूहका साहित्यकारहरूलाई एउटै मञ्चमा कविता, गीत, गजल, मुक्तक, बहस लगायतका विभिन्न आयामहरूमा प्रस्तुत गर्ने लक्ष्य राखिएको र उक्त शृङ्खलाको शुभारम्भमा आगामी चैत्र ११ गते शनिबार पोखरामा एक विशेष समारोहका बिच गर्ने गरी तयारी थालिएको सङ्घले जनाएको छ ।

सङ्घको सचिवालय बैठकद्वारा त्यस्तो निर्णय

पोखरा– नेपाली लेखक सङ्घ गण्डकीले दौँतरी शृङ्खला सञ्चालन गर्ने भएको छ । सङ्घको यहाँ आयोजना गरिएको बैठकले फागुन ८ गते त्यस्तो निर्णय गरेको हो ।
नेपाली लेखक सङ्घ, गण्डकीको सचिवालय बैठक समितिका अध्यक्ष डा ईश्वरमणि अधिकारीको अध्यक्षतामा उहाँ बसेको हो । बैठकले सङ्घका विविध साङ्गठनिक निर्णयहरूसहित आफ्नै आयोजनामा दौँतरी शृङ्खला सञ्चालन गर्ने निर्णय गरेको सङ्घका सचिव रमेशचन्द्र घिमिरेले बताउनु भयो ।

उहाँका अनुसार सकभर एकै उमेर समूहका साहित्यकारहरूलाई एउटै मञ्चमा कविता, गीत, गजल, मुक्तक, बहस लगायतका विभिन्न आयामहरूमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ । उहाँले भन्नुभयो, ‘उक्त शृङ्खलाको शुभारम्भमा आगामी चैत्र ११ गते शनिबार पोखरामा एक विशेष समारोहका बिच गर्ने गरी तयारी थालिएको छ ।’
सो अवसरमा नेपाली कविताका दुइ मानक कविहरू सरूभक्त र तीर्थ श्रेष्ठलाई एकसाथ प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको सचिव घिमिरेले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन ९, मंगलवार १०:५५ गते
हजुरको प्रतिक्रिया