हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाउने अभियान लमजुङ सहित देशभरका विभिन्न १५ जिल्लामा शुरु भएको छ । गण्डकी प्रदेशमा बाग्लुङ र पर्वत जिल्लामा पनि यो अभियान शुरु गरिएको छ ।
लमजुङमा १ लाख ४६ हजार नागरिकलाई औषधि खुवाउने लक्ष्य
बेसीशहर– लमजुङमा हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाउने अभियान शुरु भएको छ । लमजुङ सहित देशभरका १५ जिल्लामा आज फागुन ११ गतेबाट हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान शुरु भएको हो ।
स्थानीय तहहरुमा आज औपचारीक कार्यक्रम गरी हात्तिपाइले विरुद्धको आम औषधि सेवन अभियान सुरु गरिएको हो । अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधिहरूले विभिन्न पालिका तथा वडाहरूमा औषचारिक कार्यक्रम गरी अभियान शुरु गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बेसीशहर नगरपालिकामा मेयर गुमानसिहं अर्यालयले आफैले हात्तिपाइले विरुद्धको औषधि सेवन गरेर त्यसको आम औषधि सेवन अभियानको थालनी गर्नुभएको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरी, जिल्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमल लगायतका कार्यालय प्रमुखहरूको सहभागिता थियो ।
मेयर अर्यालले जिल्लामा प्रत्येक वर्ष अभियान सञ्चालन हुदै आए पनि सवैले औषधि नखाई दिदा अहिले चौधौँ चरणमा अभियान सञ्चालन गर्नुपरेको बताउनु भयो । यस अभियानमा राज्य ठूलो लगानी गरेको र धेरै जनशक्ति परिचालन गरेको हुदाँ यो लगानीलाई खेर जान नदिन र समयमै औषधि सेवन गरी रोग निवारणमा सहयोग गर्न उहाँको अनुरोध थियो ।
स्वास्थ्य कार्यालयमा भएको कार्यक्रममा भएको कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीहरु, स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।
उता, सुन्दरवजारमा मेयर कृष्णप्रसाद कोइरालाले पनि आफूले सो औषधि सेवन गरी नगरपालिकामा आम औषधि सेवन अभियानको थालनी गर्नु भयो । मध्यनेपालमा नगरप्रमुख रमेशकुमार पाण्डे, राइनासमा नगरप्रमुख खड्गबहादुर गुरुङले पनि सोही क्रमलाई निरन्तरता दिनुभएको स्वास्थ्य कार्यायलले जनाएको छ । यसैगरी, मर्स्याङदीमा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, क्ब्होलासोथर गाउँपालिकामा पनि पालिका अध्यक्ष सूर्य गुरुङले औषधि सेवन गरी अभियानको शुभारम्भ गर्नु भएको जानकारीमा आएको छ ।
अन्य स्थानीय तह र वडा तथा टोलटोलमा पनि औपचारिक कार्यक्रम गरि अभियान सुरु गरिएको छ ।
अभियान अन्र्तगत जिल्लाका १ लाख ४६ हजार ७ सय ४२ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । अभियान अन्र्तगत आज पहिलो दिन प्रत्येक स्थानीय तहमा वडा तथा टोललमा हात्तिपाइले विरुद्धको आम औषधि खुवाउने काम भएको छ ।
सवै नागरिकले औषधि सेवन गरेमा रोग निवारण गर्न सकिने भन्दै स्वास्थ्य कार्यालय लमजुङले २ वर्ष मुनिका वालवालिका गर्भवती तथा सुत्केरी महिला र कडा रोगका विरामी वाहेक सबैले निर्धक्क भएर औषधि सेवन गर्न आग्रह समेत गरेको छ । आम औषधि खुवाउने अभियानमा ४६५ बुथ जिल्लाभर छन् भने ४ सय २८ स्वास्थ्यकर्मी र ६ सय ७० महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाउने अभियान लमजुङ सहित देशभरका विभिन्न १५ जिल्लामा शुरु भएको छ । गण्डकी प्रदेशमा बाग्लुङ र पर्वत जिल्लामा पनि यो अभियान शुरु गरिएको छ ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..