आत्मरक्षा तालिमको सकारात्मक प्रभाव : किशोरीहरू सिक्दै, सिकाउँदै

आत्मरक्षा तालिमको सकारात्मक प्रभाव : किशोरीहरू सिक्दै, सिकाउँदै

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ११ गते बिहिबार ०९:०७

बेसीशहर नगरपालिका– ७ को जनविकास माविका छात्रा कञ्चन भण्डारी र आकृति अधिकारीको समुहले आफ्नो कक्षाका ३२ जना किशोरी साथीहरूलाई त्यस्तो तालिम सञ्चालन गरेका छन् ।

गंगा मिलन मावि र जनविकास माविमा तालिम शुरु

बेसीशहर– ग्राणीण सामुदायिक विकास केन्द्र (आरसिडिसी, लमजुङ)ले किशोरी छात्राहरूका लागि सञ्चालन गरेको आत्मरक्षाको तालिमको सकारात्मक प्रभाव देखिन थालेको छ । विभिन्न विद्यायलबाट प्रतिनिधित्व गरेर तीन दिने तालिममा आएको उनीहरूले विद्यालयमा आर्फेपछि आ–आफ्ना साथीहरूलाई त्यस्तो तालिम दिन शुरु गरेका छन् ।
आत्मरक्षाको तालिम लिए पश्चात आफ्नो स्कुलमा फर्के पछि आफैले आफ्ना किशोरी साथीहरूलाई तालिम दिन थालेका छन् । खासगरी, बेसीशहर नगरपालिका– ६ मकैडाँडा स्थित गङ्गा मिलन मावि र बेसीशहर स्थित जनविकास मावि (तल्लो)मा सो तालिमको सकारात्मक प्रभाव परेको पाइएको हो ।
यसैगरी बेसीशहर नगरपालिका– ७ को जनविकास माविका छात्रा कञ्चन भण्डारी र आकृति अधिकारीको समुहले आफ्नो कक्षाका ३२ जना किशोरी साथीहरूलाई त्यस्तो तालिम सञ्चालन गरेका छन् ।
त्यस्तै, गंगामिलन मावि चण्डिस्थानमा सिर्जु सेवा र सरिता अधिकारीले त्यस्तो तालिम दिएको आरसिडिसीका कार्यकारी निर्देशक विश्वविनोद घिमिरेले बताउनु भएको छ । उहाँका अनुसार ती प्रशिक्षकहरूलाई जिल्ला सामाजिक विकास कार्यालयको आयोजना र आरसिडिसीको प्राविधिक सहयोगमा तीन दिने आत्मरक्षाको तालिम दिइएको थियो ।

प्रकाशित मिति २०७९ फाल्गुन ११, बिहीबार २१:०७ गते
हजुरको प्रतिक्रिया