दोस्रो राइनास कप फुटबल प्रतियोगिता शुरु

दोस्रो राइनास कप फुटबल प्रतियोगिता शुरु

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण १२ गते शुक्रबार ०५:२५

प्रतियोगिताको शुरु दिन पहिलो चरणका तीन खेल सम्पन्न भए ।
उक्त  प्रतियोगिता ११ ए साइडको गौलीटार क्षेत्रीय खेल मैदानमा सञ्चालन भइरहेको छ ।
सो प्रतियोगितामा १८ टिमले भाग लिएका छन् ।

यो लमजुङ जिल्लाको सर्वाधिक पुरस्कार राशि भएको दोस्रो प्रतियोगिता हो ।

गौलीटार(लमजुङ)– लमजुङको राइनास नगरपालिका– ६ धमिलिकुवा स्थित गौलीटार क्षेत्रीय खेल मैदानमा ‘दोश्रो राइनास कप २०७९ खुल्ला फुटवल प्रतियोगिता’ शुरु भएको छ । गौलीटार क्षेत्रिय खेल मैदान समितिले आयोजना गरेको सो प्रतियोगितको फागुन ११ गते पहिलो चरणका तीन खेल सम्पन्न भए ।
राइनास– ५ तीनपिप्ले र सभ्य सृजन युवा क्लव स्याउलीका विच भएको पहिलो खेलमा १– ५ गोल गरी सभ्य सृजनले अग्रता कायम गरेको छ । उक्त खेलमा सभ्य सृजनका मनोज तामाङ तीन गोल गरी म्यान आफ दि म्याच घोषित भएका छन् ।
यसैगरी, दोस्रो खेल नवकिरण युवा क्लव राइनास– ७ गरमबेसी र थ्भ्क् न्च्इग्ए वाईस जागर तनहुँका विच भएको थियो । खेलको निर्धारित समयमा दुवै पक्षबाट ३–३ गोलको वरावरी भयो । थप समय पनि उस्तै रह्यो । त्यसपछि ट्राइबे्रकरमा ४– ५ गोल गर्दै यास ग्रुप वाईसजाँगर दोस्रो चरणमा प्रवेश गरेको छ । सो खेलमा यास ग्रुपका आशिष श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएको आयोजक गौलीटार क्षेत्रिय खेल मैदान समिति सचिव सिताराम पाण्डेले बताउनुभयो । उहाँका अनुसार तेस्रो खेल के.वाई.सि. काउरेटार तनहुँ र चेपेआदर्श युवा क्लव लामागाउँ पालुङटारका विच भएको थियो । सो खेल ०– ६ को फराकिलो गोल अन्तरले चेपे आदर्श लामागाउँले अग्रता लिएको छ । उक्त खेलमा चेपे आर्दशका अम्विक दुरा म्यान अफ दि म्याच घोषित भई पुरस्कृत भएका छन् ।
सो प्रतियोगिताको पहिलो विजेता टिमलाई २ लाख नगद सहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई नगद १ लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सेमिफाइनलमा पुग्ने दुई समूहलाई पुरस्कार स्वरुप नगद २०÷२० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको आयोजक गौलिटार खेलमैदान समिति अध्यक्ष किरण श्रेष्ठले वताउनुभयो । उहाँका अनुसार उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पाँच÷पाँच हजार र प्रमाणपत्र पुरस्कार दिने कार्यक्रम रहेको छ । उहाँले भन्नुभयो, ‘हरेक खेलमा ‘म्यान अफ दि म्याच’घोषणा गरि १ हजार रुपैयाँ दिइने छ ।’
उक्त प्रतियोगिता प्रतियोगिता ११ ए साइडको गौलीटार क्षेत्रीय खेल मैदानमा सञ्चालन भइरहेको छ ।
सो प्रतियोगितामा १८ टिमले भाग लिएको उहाँले जानकारी दिनु भयो ।
यो प्रतियोजिता लमजुङ जिल्लाको सर्वाधिक पुरस्कार राशि भएको दोस्रो प्रतियोगिता हो ।
उक्त प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य डा.टकराज गुरुङले गर्नुभएको हो । आफ्नो मन्तव्यका क्रममा उहाँले उक्त खेलमैदानलाई जिल्लाकै खेलक्षेत्रको केन्द्रबिन्दुको रुपमा विकास गर्न सकिने प्रशस्तै सम्भावना रहेकोले यस खेल मैदानलाई उत्कृष्ट खेलमैदानको रुपमा विकास र विस्तार गर्न सबै लाग्नुपर्ने बताउनु भयो । उहाँले यसका लागि स्थानीय सरकार, प्रदेश सरकारका साथै संघीय सरकारसम्म आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । खेल मैदानको स्तरोन्नतीमा लाग्ने सबैप्रति आभार व्यक्त गर्दै खेलमैदान र समग्र खेलकुद क्षेत्रको विकासको यात्रामा आफूले सदैव संगै पाइला चाल्ने उहाँले बताउनुभयो ।
उक्त प्रतियोगिता उदघाटनको औपचारिक कार्यक्रममा राइनास नगरपालिकाका मेयर खड्गबहादुर गुरुङ, उपमेयर पुष्पराज खनाल, प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयल लगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिका साथै विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू र खेलप्रेमीहरूको बाक्लो उपस्थिति थियो ।
उदघाटन पछि आयोजक र स्थानीय कर्मचारी मिलन केन्द्रका बीच मैत्रीपूर्ण प्रतियोगिता गरिएको थियो । सो खेलमा जित हासिल गर्ने
कर्मचारी मिलन केन्द्रलाई दुई वटा भाले पुरस्कार दिइएको थियो ।

प्रकाशित मिति २०७९ फाल्गुन १२, शुक्रबार ०५:२५ गते
हजुरको प्रतिक्रिया