भोटेओडार(लमजुङ)– लमजुङमा शारीरिक अपाङ्गता भएका विपन्न तथा जेहन्दार विद्यार्थीका लागि छात्रवृत्ती स्थापना गरिएको छ । यहाँ स्थित जेष्ट नागरिक समाजको पहलमा सो पुरस्कार फागुन १३ गते स्थापना गरिएको हो ।
यहाँका अग्रणी समाजसेवी स्व. बलबहादुर कार्कीको नाउँमा बलबहादुर कार्की स्मृति शैक्षिक छात्रवृत्ति पुरस्कार स्थापना गर्ने निर्णय निर्णय गरिएकाे छ । यसैगरी, अक्षय कोषमा ५० हजार १२५ रुपैयाँ रकम योगदान गर्ने राजशान्ति सुनारको नाउँमा राजशान्ति सुनार, शैक्षिक छात्रवृत्ति पुरस्कार र २५ हजार १३५ रुपैयाँ, रकम योगदान गर्नु हुने कल्पना कुँवरको नाउँमा कल्पना कुँवर शैक्षिक छात्रवृत्ति पुरस्कार स्थापना गर्ने निर्णय गरेको भएको शिक्षासेवी एवम् वरिष्ठ साहित्यकार गोविन्दबहादुर कुँवरले बताउनु भयो ।
उहाँका अनुसार सिर्जनात्मक साकोसबाट ५० हजार रकम थप भएको छ । उहाँले भन्नुभयो, ‘अक्षयकोषको कुल रकम एक लाख २५ हजार २६० रुपैयाँ भएको छ । सोको व्याजबाट शारीरिक अपाङ्गता भएका विपन्न तथा जेहन्दार विद्यार्थीलाई तीन वटा छात्रवृत्ति वर्षेनी प्रदान गरिने छ ।
प्रकाशित मिति २०७९ फाल्गुन १४, आईतवार १६:४२ गते