दोस्रो राइनास कप खुल्ला फुटबल प्रतियोगिताको फाइनल आज

दोस्रो राइनास कप खुल्ला फुटबल प्रतियोगिताको फाइनल आज

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण १६ गते मङ्गलबार १०:३६

गौलीटार क्षेत्रीय खेल मैदान समितिको आयोजनामा फागुन १० गतेबाट सो प्रतियोगिता सुरु भएको हो । लमजुङमा दुई लाख रुपैयाँ पहिलो अर्थात सर्वाधिक पुरस्कार राशि भएको फुटबल प्रतियोगिता यो दोस्रो हो ।

गोरखा र लमजुङ टिमका बीच फाइनल प्रतिस्पर्धा हुने

धमिलिकुवा(लमजुङ)– दोस्रो राइनास कप खुल्ला फुटबल प्रतियोगिताको फाइनल आज हुने भएको छ । फाइनल प्रतियोगितामा गोरखा र लमजुङका टिम फागुन १६ गते पहिलो उपाधिका लागि भिड्ने भएका हुन् ।
लमजुङको राइनास नगरपालिका– ६ धमिलिकुवा स्थित गौलीटार क्षेत्रीय खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको छ । गौलीटार क्षेत्रीय खेलमैदानमा जारी दोस्रो राइनास कप खुल्ला फुटबल प्रतियोगितामा कालिका युवा क्लव भण्डारथोक गोरखा र रोयल फ्रेण्डसिप युवा क्लव लमजुङ फाइनलमा प्रवेश गरेको आयोजकको भनाई छ ।
जारी ‘दोश्रो राइनास कप’ अन्तर्गत हिजो भएको सेमिफाइन खेलबाट कालिका भण्डारथोक र रोयल फ्रेन्डसिप फाइनलमा प्रवेश गरेका हुन् ।
कालिका भण्डारथोक र मर्स्याङदी युवा क्लव हवाईग्राउण्ड विच भएको सेमिफाइनलको पहिलो खेलमा ०– २ गोल गर्दै कालिका फाइनलमा प्रवेश गरेको हो । कालिकाको जितमा दुई गोल गरेका शिशिर खत्री म्यान अफ दि म्याच घोषित भए ।
यसैगरी, विवाईसी भोटेओडार र रोयल फ्रेण्डसिप लमजुङ विच भएको दोस्रो सेमिफाइनल खेलमा १– ३ गोल गर्दै रोयल फ्रेण्डसीपले फाइनलको यात्रा तय गरेको हो । उक्त खेलमा विवाईसीका किरण कार्किले एक गोल गरे भने रोयल फ्रेण्डसिपको जितमा रोशन क्षेत्री, सन्दिप रानामगर, अश्विन गुरुङ(जोर्डन)ले एक÷एक गोल गरेका थिए । सो खेलमा रोयल फ्रेण्डसिपका विवेक थापा म्यान अफ दि म्याच घोषित भएको आयोजकको भनाई छ ।
सो प्रतियोगिताको फाइनल प्रतियोगिता आज दिउँसो १ बजे शुरु हुने आयोजकको भनाई छ । गौलीटार क्षेत्रीय खेल मैदान समितिको आयोजनामा फागुन १० गतेबाट सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा कुल १८ टिमले भाग लिएका थिए ।
उक्त प्रतियोगिताको पहिलो विजेता टिमलाई दुई लाख नगद सहित कप, मेडल र प्रमाणपत्र प्रदान नगरिने छ भने उपविजेता टिमलाई नगद एक लाख रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम रहेको आयोजकको भनाई छ । यस्तै, सेमिफाइनलमा पुग्ने दुई समूहलाई पुरस्कार स्वरुप नगद २०/२० हजार रुपैयाँ प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष किरण श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई पाँच/पाँच हजार र प्रमाणपत्र पुरस्कार रहेको छ । हरेक खेलमा ‘म्यान अफ दि म्याच’ घोषणा गरी १/१ हजार रुपैयाँ दिइने भएको छ ।
गण्डकी प्रदेशसभाका सदस्य डा. टकराज गुरुङको प्रमुख आतिथ्यतामा हुने उक्त प्रतियोगिता सुरु हुनु अघि आयोजकका सिनियर र जुनियर खेलाडीका बीचमा मैत्रीपूर्ण खेल खेलाउने कार्यक्रम रहेको आयोजकको तायरी रहेको आयोजक समितिका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभएको छ ।
लमजुङमा दुई लाख रुपैयाँ पहिलो अर्थात सर्वाधिक पुरस्कार राशि भएको फुटबल प्रतियोगिता यो दोस्रो हो ।

प्रकाशित मिति २०७९ फाल्गुन १६, मंगलवार १०:३६ गते
हजुरको प्रतिक्रिया