चितवन– २ मा हुने उपनिर्वाचनका लागि ठूला दल सहित जम्मा १८ दल दर्ता

चितवन– २ मा हुने उपनिर्वाचनका लागि ठूला दल सहित जम्मा १८ दल दर्ता

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण १६ गते मङ्गलबार ०८:१३

सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अत्यधिक मतले जित्नु भएको थियो । नागरिकता प्रकरणमा उहाँको सांसद पद खारेज भएपछि रिक्त रहे पछि चितवन– २ को सो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

काँग्रेस, एमाले, माओवादी र रास्वपा क्रमशः ४, ७, ८ र ९ नंबरमा दर्ता भए

काठमाडौं– चितवनको निर्वाचन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिन हाल सम्म १८ दल दर्ता भएका छन् । ती दलहरू फागुन १६ गतेसम्म दर्ता भएका हुन् ।
निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले उक्त संख्याको दल दर्ता भएको बताउनु भयो । उहाँका अनुसार उपनिर्वाचन प्रयोजनका लागि सबैभन्दा अघि नेपाल मजदुर किसान पार्टीले आफ्नो नाम दर्ता गरेको हो । निर्वाचन आयोगले काँग्रेस, एमाले, माओवादी र रास्वपा क्रमशः ४, ७, ८ र ९ नंबरमा दर्ता भएको जानकारी दिएको छ । सो जानकारी अनुसार मंगोल नेसनल अर्गनाइजेसन र राष्ट्रिय नागरिक पार्टीले २ र ३ नंबरमा नाम दर्ता गरेको जनाएको छ । त्यस्तै, पाँच नंबरमा राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा छ नंबरमा रहेको छ ।
यसैगरी, १० नंबरमा नेकपा(माओवादी समाजवादी), ११ नंबरमा नगरिक उन्मुक्ति पार्टी, हाम्रो नेपाल पार्टी १२ नंबरमा दर्ता रहेका छन् । यसैगरी, पुनर्जागरण पार्टी नेपाल, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, नेपाली काँग्रेस (विपी), राप्रपा र जयजन्मभूमि नेपालले क्रमशः आफ्नो दल दर्ता गरेका छन् ।
सो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अत्यधिक मतले जित्नु भएको थियो । नागरिकता प्रकरणमा उहाँको सांसद पद खारेज भएपछि रिक्त रहे पछि चितवन– २ को सो स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

प्रकाशित मिति २०७९ फाल्गुन १६, मंगलवार २०:१३ गते
हजुरको प्रतिक्रिया