काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगठन विस्तारमा जुटेको छ । सो पार्टीले मुलुकका सातै प्रदेशमा प्रदेश समिति गठन गर्नुका साथै पदीय जम्मेवारीसमेत तोकेको छ ।
सो दलले दिएको जानकारी अनुसार प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना चयन हुनुभएको छ । मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव तथा बागमती प्रदेशको सभापतिमा अच्युतम लामिछाने चयन हुनु भएको छ ।
त्यस्तै, गण्डकी प्रदेशको सभापतिमा राजन गौतम तथा लुम्बिनीको सभापतिमा देवराज पाठक चयन हुनुभएको छ । कर्णाली प्रदेशको सभापतिमा धिरजबहादुर वलीलाई सभापति तोकिएको छ भने सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्टलाई जिम्मेवारी दिइएको सो पार्टीका प्रवक्ताले बताउनु भएको छ ।
यसैबीच, लमजुङ जिल्लामा पनि संगठन विस्तारको तयारी भएको सो दलका जिल्ला संयोजक एवम् प्रतिनिधिसभामा उक्त पार्टीको उम्मेदवार धर्म केसीले बताउनु भएको छ । उहाँका अनुसार पहिले वडा÷वडामा समिति गठन गरेर पालिकास्तरको समिति गठन गरेपछि मा जिल्ला समितिको निर्माण गर्ने तयारी छ ।
प्रकाशित मिति २०७९ फाल्गुन १८, बिहीबार ०३:५७ गते