नेपाल निवृत्त शिक्षक समाजको संगठन विस्तार

नेपाल निवृत्त शिक्षक समाजको संगठन विस्तार

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण १८ गते बिहिबार ०४:१५

आजको भेला नेपाल निबृत शिक्षक समाज लमजुङका अध्यक्ष खुसिराम डौलियाको अध्यक्षतामा भएको थियो ।
नेपाल निवृत्त शिक्षक समाज मध्यनेपाल नगर भेलामा वरिष्ट गुरु नवराज पराजुली तथा तीर्थराज पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मध्यनेपाल नगर अध्यक्षमा युवराज घिमिरे

लमजुङ– नेपाल निवृत्त शिक्षक समाजको संगठन विस्तार गरेको छ । निवृत्त शिक्षक समाज लमजुङका जिल्ला अध्यक्ष खुशीराम डौलीयाको सभापतित्वमा भएको भेलाले युवराज घिमिरेको नेतृत्वमा समिति गठन गरेको हो ।
भेलाले गरेको निर्णय अनुसार अध्यक्षमा युवराज घिमिरे, उपाध्यक्ष मदन कृष्णजोशी, महिला उपाध्यक्ष पछि पूर्ति गरिने । यसैगरी, सचिव धर्मशाली पराजुली र कोषाध्यक्षमा सुर्यबहादुर नेपाली चयन हुनुभएको छ ।
यसैगरी, सदस्यहरूमा गुणराज ढकाल, पुष्पराज रेग्मी र नारायणदत्त साँखी चयन हुनु भएको समाजका अध्यक्ष युवराज घिमिरेले बताउनु भएको छ । उहाँका अनुसार केही सदस्य पहिलो बैठकबाट पदपुर्ति गर्ने सहमति भएको छ ।
घिमिरे ठाडोभाका लोककला प्रतिष्ठान नेपालको वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ ।
आजको भेला नेपाल निबृत शिक्षक समाज लमजुङका अध्यक्ष खुसिराम डौलियाको अध्यक्षतामा भएको थियो ।
नेपाल निवृत्त शिक्षक समाज मध्यनेपाल नगर भेलामा वरिष्ट गुरु नवराज पराजुली तथा तीर्थराज पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति २०७९ फाल्गुन १८, बिहीबार ०४:१५ गते
हजुरको प्रतिक्रिया