अपाङ्गता भएका व्यक्तिलाई माइक्रो बसले दिएन छुट : दुई महिना नबित्दै तोडियो सहमति

अपाङ्गता भएका व्यक्तिलाई माइक्रो बसले दिएन छुट : दुई महिना नबित्दै तोडियो सहमति

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २० गते शनिवार ०९:१०

नेपालमा जिम्मेवारीबाट पन्छिदै उम्किने कर्मचारीतन्त्रको आम प्रवृत्ती रहेको छ । यस प्रकार अपाङ्गता भएका व्यक्तिहरूले बसमा पाउने सो सुविधा कार्यान्वयन गराउने कस्ले हो ? भन्ने प्रश्न उब्जिन गएको छ ।

बसवालाले अपाङ्गता भएका व्यक्तिलाई मात्र हैन विद्यार्थीलाई समेत बसभाडामा पाउने छुटको सुविधा दिदैनन् नै त्यसमाथि उनीहरूले बोल्ने अपशब्द तथा व्यवहारले आम यात्रुहरू समेत पीडित हुने गरिआएका छन् ।

बेसीशहर– लमजुङमा अपाङ्गता भएका व्यक्तिलाई बसमा छुट दिने बारेमा कालिका माइक्रो व्यवसायी समितिले व्यक्त गरेको सहमति दुई महिना नबित्दै तोडिएको छ । अभियानको नेतृत्वकर्ता अपाङ्ग संरक्षण समाज लमजुङका अध्यक्ष चन्द्रकान्त पौडेल पोखरा जाने क्रममा फागुन १९ गते उहाँ आफैले त्यस्तो सुविधा नपाएपछि उक्त प्रतिवद्धता तोडिएको खुलासा भएको हो ।
त्यस्तो, कार्य गर्ने समाचारमा दिइएको वा ४ ख, ८२५ नंबरको माइक्रोबसबाट पौडेल उपर त्यस्तो व्यवहार गरेको हो । त्यो बसका चालक र सहचालक ले बसमा ऐन नियम अनुसार पाउने ५० प्रतिशत छुट त दिएनन् तै उनीहरूले अपशब्द बोल्दै अभद्र व्यवहार समेत गरे । बसवालाहरूले गर्ने रुखो तथा अपमानजनक रबैया आम यात्रुहरूलाई भोग्दै आएकै विषय हो ।
जिल्लामा विगतको १७ वर्षदेखि जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका क्षेत्रमा काम गरिआएको अपाङ्ग संरक्षण समाजको संस्थापकदेखि हालसम्म नेतृत्व गरी दुई कार्यकाल अपाङ्ग महासंघको केन्द्रीय सदस्य समेत भएका व्यक्ति हुनुहुन्छ– चन्द्रकान्त पौडेल । उहाँकै संस्थाको अगुवाई र पौडेलको नेतृत्वमा गत पुस १४ गते उक्त भाडा सहुलियतको सचेतना स्टिकर ट्राफिक प्रहरीको रहेबरमा टाँस गरिएको हो । सो कार्यको थालनी बेसीशहर नगरपालिकाका उपमेयर एवम् अपाङ्ग समन्वय समितिका संयोजक पदमा गुरुङको प्रमुख आतिथ्यतामा उक्त कार्य गरिएको थियो ।
त्यसअघि अपाङ्ग संरक्षण समाजद्वारा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई सो विषयको माग गर्दै गत मंसिर २८ गते ज्ञापन पत्र बझाईएको थियो ।
सो अवसरमा कालिका माइक्रो व्यवसायी समितिले एक माइक्रो बसमा एकजना अपाङ्गता भएका व्यक्तिलाई भाडामा ५० प्रतिशत छुटको प्रवन्ध गर्ने प्रतिवद्धता समेत सो समितिका अध्यक्ष कृष्णबहादुर अधिकारीबाट व्यक्त भएको थियो । तर त्यो दुई महिना बित्दानबित्दै तोडिएको अभियानको नेतृत्वकर्ता चन्द्रकान्त पौडेलले बताउनु भएको छ ।
उहाँका अनुसार भाडा त पुरा लिएनै तिनीहरूले हामी उपर गरेको अभद्र व्यवहार सहन गर्न सक्ने खालको नै छैन । मजत्तिको मानिसलाई यस्तो व्यवहार गर्ने उनीहरूलाई अन्य सोझासिधा गाउँघरबाट भरखर शहर आएकाहरूलाई के कस्तो व्यवहार गर्लान् र छुट देलान् भनेर विश्वास गर्ने ? भन्दै प्रतिप्रश्न गर्नु भयो ।
यसबारेमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा त्यो बसलाई कारवाही गर्न आफूले ट्राफिक प्रहरीलाई निर्देशन दिइसकेको सो कार्यालयका प्रमुख प्रनाउ प्रकाश श्रीमलले बताउनु भयो । उहाँका अनुसार पीडितको निवेदन लिएर त्यसलाई अस्तिताका गरिएको सहमति पेपर सहित कारबाहीका लागि यातायात व्यवस्था विभागमा पठाउन निर्देशन गरिसकेको छु । उहाँले भन्नुभयो, ‘कानुनले दिएको सेवासुविधा सबैले पाउनु र दिनु पनि पर्छ, कुनै बहानाबाजीमा त्यो हरण गर्न मिल्दैन ।’
बसवालाले अपाङ्गता भएका व्यक्तिलाई मात्र हैन विद्यार्थीलाई समेत बसभाडामा पाउने छुटको सुविधा दिदैनन् नै त्यसमाथि उनीहरूले बोल्ने अपशब्द तथा व्यवहारले आम यात्रुहरू समेत पीडित हुने गरिआएका छन् ।
नेपालमा जिम्मेवारीबाट पन्छिदै उम्किने कर्मचारीतन्त्रको आम प्रवृत्ती रहेको छ । यस प्रकार अपाङ्गता भएका व्यक्तिहरूले बसमा पाउने सो सुविधा कार्यान्वयन गराउने कस्ले हो ? भन्ने प्रश्न उब्जिन गएको छ ।
यसबारेमा बुझ्नका लागि सो बस समितिमा बुझ्न अध्यक्षलाई फोन गर्दा उठेन ।
फोटोमा : १) भाडा सहुलियत नदिने माइक्रो,
२) अभियानको थालनी गर्दाको फोटो ।
३) अभियान शुरु गर्दै बेसीशहर नगरपालिकाका उपमेयर पद्मा गुरुङ ।
४) अभियानको स्टिकर ट्राफिकलाई हस्तान्तरण गरिदै ।
५) तत्कालीन प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई गत ज्ञापन पत्र बझाउँदै ।

प्रकाशित मिति २०७९ फाल्गुन २०, शनिबार ०९:१० गते
हजुरको प्रतिक्रिया