शिक्षक संघको जिल्लामा नयाँ नेतृत्वका लागि मतदान सम्पन्न : ७२० मत अर्थात ६७ प्रतिशत खस्यो, परिणाम आजै आउने

शिक्षक संघको जिल्लामा नयाँ नेतृत्वका लागि मतदान सम्पन्न : ७२० मत अर्थात ६७ प्रतिशत खस्यो, परिणाम आजै आउने

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २० गते शनिवार ०६:५४

संघको सम्पन्न निर्वाचनमा कुल मतदाता संख्या १ हजार ६३ जना रहेको थियो । तीमध्ये साधारण ९ सय ३५, कर्मठ सदस्य ३९ र विशिष्ट सदस्य ८९ सदस्यहरू थिए । त्यसमध्ये ७३० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

आजै राती मत गणना गरिने, बिहानसम्म नतिजा आउने

बेसीशहर– नेपाल शिक्षक संघ, लमजुङ नयाँ नेतृत्व चयनका लागि गरिएको मतदान सम्पन्न भएको छ । निर्वाचन समितिले मतदानका लागि तय गरेको निर्धारित समय साँझ छ बजे मतदान समय निर्धारण भएता पनि घेरो भित्र पसेकाहरूले मतदान गर्दा केही समय ढिला सो कार्य सम्पन्न भएको हो । सो मतदान कार्यमा ७३० मत खसेको छ । मत गणना कार्य अब केही बेरपछि शुरु हुने बताइएको छ ।
सो निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, सचिव, अर्थ सचिव, सहसचिव, महिला सहसचिव, महिला अर्थ सहसचिव १÷१ जना चयन हुनेछन् । समावेशी तर्फबाट २ जना सहसचिव तथा ३ जना महिला सहित ७ जना सदस्य चयन हुने भएका छन् । यसैगरी, संघीय प्रतिनिधिमा २ महिला सहित ६ जना र २ महिला सहित ७ जना प्रदेश प्रतिनिधि चयन हुने निर्वाचन संयोजक रामकृष्ण भण्डारीले बताउनु भयो । उहाँका अनुसार निर्वाचन प्रक्रियाका अनुसार मतदात कार्य पुरा भएको छ । उहाँले भन्नुभयो, ‘अब खाजा पछि मत गणनाका लागि आवश्यक सर्तहरू निर्धारण गरी मत गणना कार्य थाल्ने तयारी छ ।’
अध्यक्ष पदमा विद्याज्योति मावि खहरेका प्रधानाध्यापक सूर्य केसी र भैरवकाली मावि दुईपिप्लेका प्रधानाध्यापक हरिश्चन्द्र लम्साल चुनावी मैदानमा प्यानल सहितै उत्रिनु भएको बुझिएको छ । उक्त निर्वाचनमा माउ पार्टी नेपाली काँग्रेसमा देखिएको दुई गुटको धार अनुसारका प्यानल नै चुनावी मैदानमा उत्रिएको बताइन्छ । तथापि संघीय प्रतिनिधिको चार स्थानमा ९ जना र प्रदेश प्रतिनिधिको पाँच स्थानमा ११ जनाको उम्मेदवारी रहेको छ ।
विभिन्न सदका प्रत्यासीहरूमा– उपाध्यक्ष महिला– तुलसी गुरुङ र सीता बराल, उपाध्यक्ष दिनेश चिलुवाल र रणबहादुर गुरुङ, सचिवमा राजु पण्डित, राजु राउत भिड्नु भएको छ । यसैगरी, सचिव अर्थमा दिनेश गुरुङ र प्रदिपराज घिमिरे, सहसचिव बेलबहादुर थापा र भरतबहादुर घिमिरे हुनुहुन्छ । उल्लेखिन एक एक पद सबैमा दुईदुई जना प्रत्यासी हुनुहुन्छ ।
त्यस्तै, सदस्यहरूको चार पदमा गणेश अधिकारी, देवेन्द्र न्यौपाने, ब्रदीप्रसाद न्यौपाने, बद्रीनाथ खनाल, सन्तोष भट्टराई, हरिश्चन्द्र बराल र हरिराज खनाल सात जना प्रतिस्पर्धामा हुनुहुन्छ ।
त्यस्तै, प्रदेश प्रतिनिधिको पाँच पदमा अनिल अधिकारी, अश्विनीकुमार सुवेदी, धु्रवशाली पन्त, दिपक खनिया, प्रतापराज चिलुवाल, विष्णुप्रसाद न्यौपाने, बुद्धराज सेढाइँ, रविन्द्रनाथ घिमिरे, रमेश अधिकारी र सन्तोष तिवारी १० जना प्रत्यासी रहनु भएको छ । यसैगरी, संघीय प्रतिनिधिको चार पदमा दिपकबहादुर विक, विनोद कोइराला, विष्णुहरि बास्तोला, रमाकान्त अधिकारी, रामलाल श्रेष्ठ, सोमराज चिलुवाल, शिवराज अधिकारी, शिवराज खनाल र शिवशंकर तिवारी ९ जना चुनावी मैदानमा उत्रिनु भएको छ ।
संघको सम्पन्न निर्वाचनमा कुल मतदाता संख्या १ हजार ६३ जना रहेको थियो । तीमध्ये साधारण ९ सय ३५, कर्मठ सदस्य ३९ र विशिष्ट सदस्य ८९ सदस्यहरू थिए । त्यसमध्ये ७३० मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २०, शनिबार १८:५४ गते
हजुरको प्रतिक्रिया