शिक्षक संघको निर्वाचनको मत गणना अन्तिम चरणमा

शिक्षक संघको निर्वाचनको मत गणना अन्तिम चरणमा

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २१ गते आईतबार ०४:४४

सम्पन्न निर्वाचनमा कुल मतदाता संख्या १ हजार ६३ मतदाता रहेकोमा जम्मा ७२० मत खसेको निर्वाचन समितिले जनाएको छ । बौद्धिक जमातका रुपमा परिचित शिक्षक वर्गमा कम मत खस्नुको अर्थ गुटगत राजनीति नचाहनेहरूले मतदानमा भाग नलिएको समेत स्रोतको दावी छ ।

अध्यक्ष केसीको प्यानलका अधिकांश पदमा अघि : पाँच सय मतको परिणाम

बेसीशहर– लमजुङमा हिजो सम्पन्न भएको शिक्षक संघको निर्वाचनको मत गणना अन्तिम चरणमा पुगेको छ । घोषित मत परिणाम अनुसार सूर्यबहादु केसी नेतृत्वको प्यानल अधिकांश पदमा अघि देखिएको छ ।
सो निर्वाचनको पाँच सय मतको परिणाम अनुसार अध्यक्षपदमा सूर्य केसी– ३०७, हरिश्चन्द्र लम्साल– १८७, उपाध्यक्ष महिला– तुलसी गुरुङ– २२१ र सीता बराल– २३६, उपाध्यक्ष दिनेश चिलुवाल– २५६ र रणबहादुर गुरुङ– २२५, सचिवमा राजु पण्डित– ३४२, राजु राउत– १४४ मत पायनु भएको छ । यसैगरी, सचिव अर्थमा दिनेश गुरुङ– २१५ र प्रदिपराज घिमिरे– २५४, सहसचिव बेलबहादुर थापा– २९५ र भरतबहादुर घिमिरे– २७० हुनुहुन्छ ।
सदस्यहरूको चार पदमा गणेश अधिकारी– ३१२, देवेन्द्र न्यौपाने– २१५, ब्रदीप्रसाद न्यौपाने– २५०, बद्रीनाथ खनाल– १८५, सन्तोष भट्टराई– २९४, हरिश्चन्द्र बराल २६८ र हरिराज रेग्मीले १७८ मत पाउनु भएको छ ।
संघीय र प्रदेश प्रतिनिधिको २५० मत गणनाको मात्र परिणाम आएको छ । त्यसमा प्रदेश प्रतिनिधितर्फको पाँच पदमा अनिल अधिकारी– १००, अश्विनीकुमार सुवेदी– १०३, धु्रवशाली पन्त– ७३, दिपक खनिया– १७८, प्रतापराज चिलुवाल– ११७, विष्णुप्रसाद न्यौपाने– ७६, बुद्धराज सेढाइँ– १२६, रविन्द्रनाथ घिमिरे– १३०, रमेश अधिकारी– १११ र सन्तोष तिवारी– १०३ मत पाउनु भएको छ ।
यसैगरी, संघीय प्रतिनिधिको चार पदमा दिपकबहादुर विक– ११६, विनोद कोइराला– ८४, विष्णुहरि बास्तोला– ११०, रमाकान्त अधिकारी– १०५, रामलाल श्रेष्ठ– ९३, सोमराज चिलुवाल– १२४, शिवराज अधिकारी– १५१, शिवराज खनाल २३ र शिवशंकर तिवारी– १०७ मत पाउनु भएको छ । यो पदमा ९ जना चुनावी मैदानमा उत्रिनु भएको छ ।
सम्पन्न निर्वाचनमा माउ पार्टी नेपाली काँग्रेसमा देखिएको दुई गुटको धार अनुसारका प्यानल नै चुनावी मैदानमा उत्रिएको बताइन्छ । यसले काँग्रेसको भोलिको राजनीति समेत थप प्रभावित हुने निश्चित भएको आंकलन गरिएको छ ।
सम्पन्न निर्वाचनमा कुल मतदाता संख्या १ हजार ६३ मतदाता रहेकोमा जम्मा ७२० मत खसेको निर्वाचन समितिले जनाएको छ । बौद्धिक जमातका रुपमा परिचित शिक्षक वर्गमा कम मत खस्नुको अर्थ गुटगत राजनीति नचाहनेहरूले मतदानमा भाग नलिएको समेत स्रोतको दावी छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २१, आईतवार ०४:४४ गते
हजुरको प्रतिक्रिया