‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ

‘कालोमोसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २४ गते बुधबार १२:३७

थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । दुर्गा प्रसाईं चितवन आएका दिन थापाको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरू परिचालन गरिएको थियो । उहाँले भन्नुभयो, ‘संयोजक बनेका थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने घोषणा गरेका थिए ।’

थापा विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ताको तयारी गरिएको प्रहरीद्वारा जनाउ

चितवन– बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापालाई प्रहरीले पक्राउ गरेको छ । थापालाई जिल्ला प्रशासन कार्यालय चितवनबाट फागुन २३ गते दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा दुर्गा प्रसाईंले गरेको कार्यक्रममा थापालाई कालोमोसो दस्ताको केन्द्रीय संयोजक घोषणा गरिएको चितवन प्रहरीका प्रमुख रामेश्वर कार्कीले बताउनु भयो । उहाँका अनुसार थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । प्रसाईं चितवन आएका दिन उनको नेतृत्वमा कालोमोसो लेखिएको टिसर्ट लगाएर युवाहरू परिचालन गरिएको थियो । उहाँले भन्नुभयो, ‘संयोजक बनेका थापाले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालोमोसो दल्ने घोषणा गरेका थिए ।’
थापाको अभिव्यक्तिले बैंक तथा वित्तीय क्षेत्रमा एक प्रकारको त्रास सिर्जना भएकाले उहाँलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू जिल्ला प्रशासन कार्यालयमा डेलिगेससमेत गएका थिए ।
बैंकर्सहरूले थापाको धम्कीपूर्ण अभिव्यक्तिले सबैतिर प्रभाव पार्ने देखिएकाले पक्राउ गर्न दबाव दिएका थिए । थापा विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ताको तयारी गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २४, बुधबार १२:३७ गते
हजुरको प्रतिक्रिया