राष्ट्रपति निर्वाचन : अबको करिब दुई घण्टामा मतदान सुरु हुने, पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा

राष्ट्रपति निर्वाचन : अबको करिब दुई घण्टामा मतदान सुरु हुने, पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २५ गते बिहिबार ०८:२०

एमालेसँग गठबन्धन गरी निर्वाचन परिणाममा उल्लेख्य प्रगति हासिलका साथ संसदमा दरिलो उपस्थित कायम गर्न सफल भएको आफूलाई हिन्दूवादी दावी गर्ने राप्रपाले नेवाङ क्रिश्चियनको नेता भएका कारण मत दिन नैतिक संकट उपन्न भएसँगै सो दलले मतदानमा भाग नलिने घोषणा गर्न बाध्य भएको आम बुझाई छ ।
राप्रपाले २०७४ सालमा भएको राष्ट्रपति निर्वाचनको मतदानमा भाग लिएको थियो । तत्कालीन नेकपा एमालेबाट राष्ट्रपति उम्मेदवार विद्यादेवी भण्डारीलाई राप्रपाले मतदान गरेको थियो ।

रास्वपाले निर्णय बाँकी, राप्रपाले भोट नहाल्ने

काठमाडौं– राष्ट्रपति निर्वाचनका लागि अबको दुई घण्टामा मतदानको तयारी छ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवास नेम्वाङबीच राष्ट्रपति पदका लागि प्रतिस्पर्धा हुँदैछ । आजै अर्थात फागुन २५ गते साँझ नतिजा आउने भएको छ ।
मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि निर्वाचन हुने लागेको हो ।
राष्ट्रपति निर्वाचनमा संघीय संसदअन्तर्गत राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातै प्रदेश सभाका सदस्यहरू मतदाता हुने संविधानले व्यवस्था गरेको छ । संविधान अनुसार संघीय सांसदको एक मत बराबर ७९ मतभार र प्रदेश सांसदको एक मत बराबर ४८ मतभार गणना हुनेछ ।
आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा रहेका दुई वटा मतदान केन्द्रमा मतदान हुने तयारी छ ।
यही फागुन १३ गते पौडेल र नेवाङको मनोनयन दर्ता भएको थियो । पौडेललाई ८ दलको समर्थन रहेको बताइन्छ भने नेवाङलाई आफ्नो दलको बाहेक खासै भरोसा छैन । एमालेसँग गठबन्धन गरी निर्वाचन परिणाममा उल्लेख्य प्रगति हासिलका साथ संसदमा दरिलो उपस्थित कायम गर्न सफल भएको आफूलाई हिन्दूवादी दावी गर्ने राप्रपाले नेवाङ क्रिश्चियनको नेता भएका कारण मत दिन नैतिक संकट उपन्न भएसँगै सो दलले मतदानमा भाग नलिने घोषणा गर्न बाध्य भएको छ । तथापि, पछिल्ला दिनमा नेवाङले आफू हिन्दूवादी भएको ढोङ रच्दै पशुपतिनाथको मन्दिरमा समेत गएर पूजाअर्चना गर्नु भएको थियो ।
राप्रपाले २०७४ सालमा भएको राष्ट्रपति निर्वाचनको मतदानमा भाग लिएको थियो । तत्कालीन नेकपा एमालेबाट राष्ट्रपति उम्मेदवार विद्यादेवी भण्डारीलाई राप्रपाले मतदान गरेको थियो । त्यसबेला राप्रपाबाट एकजना मात्रै मतदाता रहनु भएका राजेन्द्र लिङ्देन यतिबेला भने सो दलको अध्यक्ष हुनुहुन्छ ।
प्रतिनिधि सभा सांसद १४ जना र प्रदेश सभा सदस्य २८ जना सांसद रहेको राप्रपासँग संघीय र प्रदेश सांसद गरी कूल २ हजार ४ सय ५० मतभार छ ।
अधिकांश सांसदहरू तथा प्रदेश सभा सदस्यहरू काठमाडौंमा जम्मा भइसकेका छन् ।
ग्यास लिक भई आगलागीबाट गम्भीर घाइते नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचाररत हुनु भएकोले मतदानमा भाग लिनु हुने छैन ।
उता, रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे आजै निर्णय लिने तयारी गरेको छ । प्रतिनिधि सभामा १९ जना सांसद रहेको रास्वपाको एक हजार पाँच सय एक मतभार छ ।
राष्ट्रपतिका उम्मेदवार पौडेल र नेम्वाङ दुबैले राप्रपा र रास्वपाको पार्टी कार्यालय पुगेर आफूलाई भोट माग्नु भएको थियो ।
राष्ट्रपति निर्वाचनमा पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले समर्थन गरेका छन् ।
एमालेको कूल मतभार १५ हजार २ सय ८१ छ । एमाले उम्मेदवार नेम्वाङलाई अहिलेसम्म अन्य दलले समर्थन गरेको औपचारिक रुपमा सार्वजनिक हुन सकेको छैन ।
सो निर्वाचनको मतदान सकिएलगत्तै मतगणना गरिने र आजै मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ ।
आउँदो चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुने कार्यक्रम छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २५, बिहीबार ०८:२० गते
हजुरको प्रतिक्रिया