राष्ट्रपति निर्वाचन : मतदान सकियो, मतगणना ४ बजेदेखि

राष्ट्रपति निर्वाचन : मतदान सकियो, मतगणना ४ बजेदेखि

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २५ गते बिहिबार ०४:००

राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा गरिरहनु भएको छ ।
मत गणनाका लागि रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि चयन हुनु भएको छ ।

संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना गर्ने तयारी

काठमाडौं– राष्ट्रपति निर्वाचनका लागि भएको मतदान सकिएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बिहीबार बिहान १० बजेदेखि सुरू भएको मतदान आज फागुन २५ गते दिउँसो ३ बजे सकिएको हो ।
सो मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सभा सदस्यले मतदान गरेका छन् । संघीय संसद र प्रदेशसभा सदस्य गरी ५१ जनाले मतदान नगरेको खुल्न आएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयले ५१ जनाले मतदान नगरेको जनाएको हो ।
राष्ट्रपति निर्वाचनमा प्रदेशसभा सदस्यतर्फ ३२ मत नखसे पछि एक हजार ५३६ मतभार घटेको छ । संघीय संसद र प्रदेशसभा सदस्य मतदाता रहने निर्वाचनमा राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मतदान नगरेका हुन् ।
राप्रपाको संघीय संसदमा १४ र प्रदेशसभामा २८ जना तथा नेपाल मजदुर किसान पार्टीको संघीय संसदमा १ र प्रदेशसभामा ३ जना सदस्य रहेका छन् ।
संघीय संसदका सदस्यहरू वर्षमान पुन, चन्द्र भण्डारीले पनि मतदान गर्नु भएन । उहाँहरू उपचारका लागि यतिबेला मुलुक बाहिर हुनुहुन्छ । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये रास्वपाका सभापति रवि लामिछाने पदमुक्त हुनु भएको छ भने जसपाका सहनाज रहमानको निधन भएको छ ।
फौजदारी अभियोग लागेका लक्ष्मी साह कोइरी फरार रहेको र भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित भएको बताइन्छ ।
जसपाकी प्रदेशसभा सदस्य बिन्दुकुमारी यादवले पनि बिरामी भएका कारण मतदानमा भाग लिन आउनु भएन ।
मतगणना ४ बजेपछि :
राष्ट्रपति उमेदवारका प्रतिनिधिहरूसँग मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार सो बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ । बैठकमा भएको निर्णय अनुसार सम्बन्धित उम्मेद्बारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाउनु पर्ने र त्यस बाहेकको मत संकेत प्रयोग भएको पाएमा बदर हुनेछ ।
संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना हुनेछ तयारी गरिएको छ । मतगणनामा उम्मेदवारहरूका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि रहनेछन् । मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने भएको आयोगले जनाएको छ ।
राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा गरिरहनु भएको छ ।
मत गणनाका लागि रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि चयन हुनु भएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २५, बिहीबार १६:०० गते
हजुरको प्रतिक्रिया