राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङमा संगठन बिस्तारका लागि जुट्यो

राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङमा संगठन बिस्तारका लागि जुट्यो

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २८ गते आईतबार ०७:३६

नगर तथा पालिका कमिटी ११ सदस्यीय हुने बताइएको छ भने चैत ८ गतेबाट शुरु हुने पालिकास्तरीय भेला लगातार गरी १८ गतेसम्म सबै पालिकामा सम्पन्न गर्ने तालिका सार्वजनिक गरिएको छ ।

चैतको तेस्रो साता भित्र सबै पालिकामा संगठनको स्वरुप बन्ने 

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लमजुङमा संगठन बिस्तारमा जुटेको छ । पालिकास्तरका समिति गठन गर्ने तयारीका साथ त्यस्तो जानकारी दिएको हो । सो पार्टीका जिल्ला संयोजक र सहसंयोजकले संयुक्त रुपमा जारी गर्नु भएको विज्ञप्ति जारी गरी त्यस्तो जानकारी फागुन २५ गते दिनु भएको छ ।
रास्वपाले जिल्लाका आठ पालिका र ७५ वटै वडामा समिति गठन गर्ने तयारी गरेको जनाएको छ । त्यसका लागि पहिलो भेला मध्यनेपाल नगरपालिकामा गर्ने चैत ८ गते बताइएको छ । त्यसपछि क्रमशः अन्य पालिकामा हुने सो विज्ञप्तिमा उल्लेख छ ।
सो विज्ञप्ति अनुसार नगरकमिटी गठन हुनका लागि एक पालिकामा कम्तीमा ६० जनालाई सदस्यता लिएको हुनुपर्ने, नगर तथा गाँउपालिका कमिटि ११ जनाको बनाउने भनिएको छ । यसैगरी, ५१ प्रतिशत युवालाई कमिटीमा प्रतिनिधित्व गराइने बताइएको छ ।
साथै, सदस्यता शुल्क एक हजार रुपैयाँ (पाँच बर्षको लागि) लाग्ने र कुनै पनि पदमा एक भन्दा बढी उम्मेद्बारी परेमा निर्वाचन मार्फत चयन गरिने विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा जिल्लाका आठ वटै पालिकामा हुने भेलाको बारेमा जानकारी दिइएको छ । जस अनुसार सुन्दबजार नगरपालिका भेला चैत ९ गते, राइनास नगरपालिकामा चैत १० गते, र बेसीशहर नगरपालिकामा चैत ११ गते हुने विज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिकाहरूको हकमा क्ब्होलासोथर गाउँपालिकामा चैत १५ गते, मर्स्याङदी गाउँपालिकामा चैत १६ गते, दार्दी गाउँपालिकामा चैत १७ गते र दूधपोखरी गाउँपालिकामा चैत १८ गते पालिकास्तरीय भेला गरिने भएको उक्त विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २८, आईतवार ०७:३६ गते
हजुरको प्रतिक्रिया