लमजुङ– सुन्दरबजारमा साना सवारी यातायात लमजुङ प्रालिद्वारा आयोजित Live Concert मा लोकप्रिय गायक सुगम पोखरेल र चर्चित गायिका तृष्णा गुरुङले बेजोड प्रस्तुति दिएका छन् । नवौं सुन्दरबजार महोत्सबको स्टेजमा भएको उक्त प्रस्तुति फागुन २६ गते भएको हो । महोत्सवको आज समापन हुँदैछ ।
साँझ ६ः३० बजेबाट शुरु गर्ने भनिए पनि ढिला गरी ८ बजेमात्र शुरु भएको सो प्रस्तुति राति११ बजे समापन गरिएको हो । नवौं सुन्दरबजार महोत्सबको आज ११ औं दिन फागुन २८ गते समापन हुने कार्यक्रम रहेको छ ।
गायिका तृष्णा गुरुङले वर्तमानमा धेरै नै चर्चित गीतहरु ‘उपहार’ दिदै दर्शक माझ पस्किएर निकैनै लोकप्रियता हासिल गरेका गीत गाइन । उनले कार्यक्रम को सुरुवातमानै हालसालै सार्वजनिक भएको चर्चित गीत ‘सुन कान्छा’ले दर्शनहरूलाई निकैनै उत्साह जगाउन सफल रह्यो भने उन्का चर्चित गीत ‘खनी हो यामु हे कान्छा, माया पिरती लगायतका एक दर्जन भन्दा बढी गीतहरू पस्किदा दर्शकहरू निकैनै रौसिएका थिए । कार्यक्रमको मुख्य आकर्षक, सदाबहार गीत संगीत लोकप्रिय तथा पुरानो पुस्ता देखिनै राज गर्दै आएका गायक सुगम पोख्रेलको प्रस्तुति रह्यो ।
उन्ले गाएका फिल्मका चर्चित गीतहरूमा जिन्दगी रक्स, तिमी रोएको पल, आदि गीतहरूले दर्शकमा उत्साह थप्दै गए पश्चात उन्को सबैभन्दा चर्चित गीत ‘भमरा फूलको रसैमा’ बोलको गीतले पुरै कन्सर्ट मैदान दर्शकको नचाइ र उफ्राइमा धुलाम्मे भएको थियो । पोख्रेलले पनि कार्यक्रममा दर्जन गीत पस्केर बिदाभएका थिए । उनले स्टेज चढ्ने बित्तिकै लमजुङ ठाडोभाकाको उद्गम स्थल रहेकोले दीर्घराज अधिकारी (भेडीखर्के साईला)लाई स्मरण नगरे अन्याय हुने भन्दै स्मरण गरेका थिए ।
लमजुङ सुन्दरबजारमा दुबै हस्तीहरू प्रथम पटक आएको हुन भने पोख्रेलले बेसीशहरको एक सांगीतिक कार्यक्रममा हुन आएको बताए ।
उक्त कार्यक्रममा दुराडाँडा, कुन्छा, बेसीशहर, तनहूँको भानु नगरपालिका क्षेत्र, भोटेओडार, राइनास, पाउँदी, सुन्दरबजारदेखि करिब तीन जहार जना उपस्थित रहेको आयोजकले बताएको छ । उपस्थित अधिकांस युवा युवतीहरू नै थिए । पाँच सय प्रबेश शुल्क राखिएको कार्यक्रममा टिकट महङ्गो लागे पनि कार्यक्रम हलमा छिरेर प्रस्तुति हेरेपछि भने टिकट मुल्यमा सन्तुष्टि रहेको दर्शकहरूले बताए ।
नवौं सुन्दरबजार महोत्सवको आयोजक लमजुङ उद्योग वाणिज्य संघ, सुन्दरबजार ईकाईका अध्यक्ष डण्डबहादुर सुनार तथा इलाका प्रहरी कार्यालय भोटेओडारका प्रमुख राजन तिमल्सिना, जिल्ला युवा तथा खेलकुद समितिका अध्यक्ष योगबहादुर गुरुङ कालु, बुद्ध युथ क्लब भोटेओडारका अध्यक्ष जिवनचन्द्र गुरुङ लगायतको बिशेष उपस्थिति भए पनि कार्यक्रमको औपचरिक आसनग्रहण लगायतका कार्यक्रम गरिएन ।
शान्ति पूर्ण वातावरणमा सम्पन्न गर्न सकेकोमा उपस्थित सबैलाई धन्यवाद आयोजकले दिएको साना यातायात व्यवसायी तथा समितिका सदस्य दिनेश पोख्रेलले जानकारी दिनुभयो ।
स्मरणी छ, सुन्दरबजारमा आयोजना गरिएको लाईभ कन्सर्ट यो नै पहिलो हो ।
प्रकाशित मिति २०७९ फाल्गुन २८, आईतवार १४:०६ गते