हिलेटक्सार दुई दिने पर्यटन महोत्सव आज शुरु हुँदै

हिलेटक्सार दुई दिने पर्यटन महोत्सव आज शुरु हुँदै

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २९ गते सोमबार ०५:५८

दुई दिने उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक तथा स्थानीय सांस्कृतिक कलाकृतिको प्रस्तृुति, हस्तकला र कृषि प्रदर्शनी, स्थानीय पौराणिक नृत्य, ख्यातिप्राप्त स्थानीय कलाकारको प्रस्तुती रहने तयारी गरिएको आयोजक समितिका संयोजक समेत रहनु भएका वडा अध्यक्ष आशीष तामाङले जानकारी दिनु भएको छ ।

उद्योग, पर्यटन वन तथा वातारण मन्त्रालय गण्डकी प्रदेशका मन्त्री रेशमबहादुर जुग्जालीले उक्त महोत्सवको उदघाटन गर्दै

हिलेटक्सार(लमजुङ)– लमजुङको हिलेटक्सारमा आयोजना गरिएको दुई दिने पर्यटन महोत्सव आज शुरु हुने भएको छ । त्यसको सम्पूर्ण तयार िपूरा भएको आयोजकको भनाई छ । महोत्सवमा उद्योग, पर्यटन वन तथा वातारण मन्त्रालय गण्डकी प्रदेशका मन्त्री रेशमबहादुर जुग्जालीले उक्त महोत्सवको फागुन २९ गते उदघाटन गर्दै हुनुहुन्छ ।
दोर्दी गाउँपालिका– ९ मा रहेको हिलेटक्सार ग्रामीण पर्यटन प्रबर्धन समितिले महोत्सवको आयोजना गरेको हो । हिलेटक्सारको पर्यटनलाई प्रबर्धन गर्ने र स्थानीय कला, संस्कृति, साहित्य क्षेत्रलाई थप टेवा पुग्ने गरी कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ । कार्यक्रमबाट आन्तारिक तथा बाह्य पर्यटक प्रबर्धन तथा स्थानीयस्तरमा रोगजारीको सृजना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको सो वडाका अध्यक्ष आशिष तामाङले बताउनु भयो । उहाँका अनुसार महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । उहाँले भन्नुभयो, ‘महोत्सवमा उद्योग, पर्यटन वन तथा वातारण मन्त्रालय गण्डकी प्रदेशका मन्त्रस् रेशमबहादुर जुग्जालीले उदघाटन गर्नु हुने तयारी छ ।’ महोत्सवबाट आन्तरिक तथा वाह्य पर्यटकको आकर्ष बढ्ने अपेक्षा रहेको उहाँले बताउनु भयो ।
दुई दिने उक्त महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक तथा स्थानीय सांस्कृतिक कलाकृतिको प्रस्तृुति, हस्तकला र कृषि प्रदर्शनी, स्थानीय पौराणिक नृत्य, ख्यातिप्राप्त स्थानीय कलाकारको प्रस्तुती रहने तयारी गरिएको आयोजक समितिका संयोजक समेत रहनु भएका वडा अध्यक्ष तामाङले जानकारी दिनु भएको छ । उहाँका अनुसार महोत्सवमा हिलेटक्सार भित्र रहेका विभिन्न श्रष्टहरूलाई सम्मान समेत गरिने छ ।

प्रकाशित मिति २०७९ फाल्गुन २९, सोमबार ०५:५८ गते
हजुरको प्रतिक्रिया