महिलाहरूका लागि समुदायमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै नमूना सामुदायिक अस्पताल

महिलाहरूका लागि समुदायमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै नमूना सामुदायिक अस्पताल

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण २९ गते सोमबार ०७:५५

स्वास्थ्य सचेतना कार्यक्रममा महिला रोग विशेषज्ञ डा. विजय शाहले महिलामा हुने शारीरिक तथा मानसिक समस्यका बारेमा जानकारी दिदै सहभागीले राखेका जिज्ञासाको जवाफ दिनु भएको थियो ।
कार्यक्रममा ७५ बर्षसम्मका महिलाहरूको उत्साहजनक रुपमा भाग लिएका थिए ।

अब उपचारका लागि धेरै पैसा खर्च गरेर टाढा नजान अनुरोध

सुन्दरबजार(लमजुङ)– सुन्दरबजारमा समुदायमा स्वास्थ्य कार्यक्रम थालिएको छ । यहाँ स्थित एचडिसिएस नमूना सामूदायिक अस्पतालले महिलाहरूका लागि स्वास्थ्य सचेतना कार्यक्रम वडा नं. ६ मा फागुन २७ गते सञ्चालन गरेको हो ।
सो अवसरमा कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै अस्पताल निर्देशक हेमन्त श्रेष्ठले समुदायका मानिसहरूमा देखापर्ने विभिन्न किसिमका रोगहरुको बारेमा जानकारी गराउनु भएको थियो । उहाँले स्वास्थ्य सचेतना अन्तरगत उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी दिनु भयो । उहाँले एचडिसिएसले सञ्चालन गरेपछि नमूना सामूदायिक अस्पतालमा विरामीको संख्या बढीरहेको छ । रोग लागेर उपचार गर्न बाहिर जानु पर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यका साथ अस्पतालले काम गरिरहेको बताउनु भयो । अस्पतालले रोग लाग्नुभन्दा रोग लाग्नै नदिन पनि स्वास्थ्य सचेतना, स्वास्थ्य जाँच शिविर, सरसफाईका कार्यक्रमहरु सञ्चालन गरिरहेको श्रेष्ठले उल्लेख गर्नु भयो ।
सो अवसरमा अस्पतालका मनोविमर्शकर्ता शोभा ठकुरीले महिलामा हुने रोग, पुरुषमा हुने रोग, मानसिक स्वास्थ्य, समुदायमा फैलने रोग, नसर्ने रोग आदिका बारेमा जानकारी तथा सचेतना दिनु भएको थियो । स्वास्थ्य सचेतना कार्यक्रममा महिला रोग विशेषज्ञ डा. विजय शाहले महिलामा हुने शारीरिक तथा मानसिक समस्यका बारेमा जानकारी दिदै सहभागीले राखेका जिज्ञासाको जवाफ दिनु भएको थियो ।
कार्यक्रममा ७५ बर्षसम्मका महिलाहरूको उत्साहजनक रुपमा भाग लिएका थिए । कार्यक्रमका सहभागीहरूका अनुसार स्वास्थ्य सचेतनाको यो कार्यक्रमले आफूलाई स्वास्थ्य तथा सरसफाईका बारेमा धेरै जानकारी भएको बताए । कार्यक्रम पछि अस्पतालले व्यक्तिगत सरसफाईका सामग्री वितरण गरिएको अस्पतालका अध्यक्ष परमेश्वर अधिकारीले बताउनु भयो । उहाँका अनुसार एचडीसीएस नमूना सामुदायिक अस्पतालले सेवा सुविधा विस्तार गर्दै लगेको छ । उहाँले भन्नुभयो, ‘अब सुन्दरबजार पायक पर्ने सबैलाई उच्चस्तरीय र गुणस्तरीय सेवा दिन अस्पताल सक्षम भएकोले उपचारको लागि धेरै पैसा खर्च गरेर टाढा नजान अनुरोध गर्दछौं ।’

प्रकाशित मिति २०७९ फाल्गुन २९, सोमबार ०७:५५ गते
हजुरको प्रतिक्रिया