प्रदेशस्तरीय शिक्षक नृत्य प्रतियोगितामा लमजुङको मर्स्याङ्दी गाउँपालिका पहिलो

प्रदेशस्तरीय शिक्षक नृत्य प्रतियोगितामा लमजुङको मर्स्याङ्दी गाउँपालिका पहिलो

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ फाल्गुण ३० गते मङ्गलबार ०९:०१


लमजुङमा आयोजना गरिएको पालिकास्तरीय नृत्य प्रतियोगितामा सो टिम पहिलो भएर प्रदेशमा भाग लिन गएको हो । उक्त प्रतियोगितामा पहिलो भएको समुहलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पोखरा पठाइएको थियो ।

सो प्रतियोगितामा १० जिल्लाका प्रतियोगी सहभागी

बेसीशहर– प्रदेशस्तरीय शिक्षक नृत्य प्रतियोगितामा लमजुङ पहिलो भएको छ । पोखरामा आयोजना गरिएको शिक्षक नृत्य प्रतियोगितामा लमजुङको मर्स्याङ्दी गाउँपालिका फागुन २८ गते पुरस्कृत भएको हो ।
फागुन २७ र २८ गते पोखरामा आयोजना गरिएको शिक्षक तथा विद्यार्थी नृत्य प्रतियोगितामा शिक्षकतर्फ लमजुङ पहिलो भएको हो । सो प्रतियोगितामा १० जिल्लाले भाग लिएका थिए । प्रतियोगितामा सहभागी अन्य ९ जिल्लालाई पछाडि पार्दै लमजुङबाट सहभागी शिक्षकहरूको समुह पहिलो भएको हो । शिक्षक नृत्य प्रतियोगितामा मर्स्याङ्दी गाउँपालिकाका मंगलोदय प्राविको देवीमाया घले, विनायक प्रा.वि.का सपना गुरुङ र पञ्चविचार प्राविका सुकमाया तामाङ र रश्मी तामाङ चार जनाले भाग लिनुभएको थियो । लमजुङमा आयोजना गरिएको पालिकास्तरीय नृत्य प्रतियोगितामा सो टिम पहिलो भएर प्रदेशमा भाग लिन गएको हो । उक्त प्रतियोगितामा पहिलो भएको समुहलाई प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन पोखरा पठाइएको थियो ।
शिक्षा निर्देशनालय पोखराले आयोजना गरेको प्रतियोगितामा विद्यार्थी र शिक्षकतर्फ १०÷१० टिमले भाग लिएका थिए । विद्यार्थी नृत्य प्रतियोगितामा लमजुङबाट दोर्दी गाउँपालिका सहभागी भएको थियो ।
शिक्षक नृत्य प्रतियोगितामा पहिलो हुन सफल शिक्षकको समुहले नगद २० हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेको जानकारी आएको छ ।

प्रकाशित मिति २०७९ फाल्गुन ३०, मंगलवार ०९:०१ गते
हजुरको प्रतिक्रिया