भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आयो, नेपालमा तत्काल नघट्ने

भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आयो, नेपालमा तत्काल नघट्ने

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत ३ गते शुक्रबार ०६:०३

हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।

पेट्रोलियम पदार्थको मूल्य स्वचालित भनिए पनि नेपालमा भने मूल्य घटाउन बैठक बस्नु पर्ने

काठमाडौं– भारतबाट पेट्रोल र डिजेलको मूल्य फेरि घटेर आएको छ । यसले नेपालमा के हुन्छ ? भन्ने जिज्ञासा उत्पन्न गराएको छ । इन्डियन आयत कर्पोरेसन लिमिटेड (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर चैत २ गते पठाएको हो । नेपालमा भने तत्काल नघटाइने भएको छ ।
नेपाल आयल निगम कर्पाेरेसनबाट आज आएको मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा घटाएर पठाएको हो । डिजेलको मूल्य पनि प्रतिलिटर एक रुपैयाँ ७४ पैसा घटाएर पठाएको निगमले जानकारी दिएको छ ।
हाल बजारमा पेट्रोल प्रति लिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री भइरहेको छ । यस्तै खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १८ सय रुपैयाँ छ ।
भारतबाट घटेर प्राप्त भएको मूल्यका आधारमा अब निगम सञ्चालक समिति वा व्यवस्थापन बैठकले इन्धनको उपभोक्ता मूल्यबारे निर्णय गर्ने नेपाल आयल निगमले जनाएको छ ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि स्वचालित मूल्यअनुसार अब के गर्ने भन्नेबारे बोर्ड बैठक बसेर निर्णय गर्ने निगमका एक अधिकारीले बताएका छन् ।

उपराष्ट्रपतिको निर्वाचन आचारसंहितको बहानामा नेपालमा तत्काल मूल्य नघटाइने भएको बझिएको छ ।

प्रकाशित मिति २०७९ चैत्र ३, शुक्रबार ०६:०३ गते
हजुरको प्रतिक्रिया