२०८० सालमा दिइने बिदा सार्वजनिक : ३५ दिन

२०८० सालमा दिइने बिदा सार्वजनिक : ३५ दिन

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत ३ गते शुक्रबार ०६:५७


सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा फागुन १ गते जनयुद्ध दिवशका नाउँमा यो वर्षदेखि थालेको विदा दिने कार्यलाई पनि आउँदो वर्ष पनि निरन्तरता दिने भएको छ ।

बडादशैंमा मात्र ६ दिन बिदा

काठमाडौं– सरकारले २०८० सालमा देशभर लागू हुने गरी सार्वजनिक विदा ३५ दिन दिने भएको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार विभिन्न चाडपर्व, दिवश र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको चैत २ गते सार्वजनिक भएको हो ।
घोषित ३५ दिन बिदा शनिवार बाहेकको हो । जसमा सबैभन्दा लामो बडादशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनामा जनाइएको छ । सो सूचना अनुसार सार्वजनिक बिदाको सूचीअनुसार बडादशैँ बिदा आगामी कार्तिक ४ गते शनिबारदेखि कार्तिक ९ गते बिहीबारसम्म हुने उल्लेख छ ।
अर्थात फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा हुने गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा जनाइएको छ ।
यसैगरी, तिहारको बिदा लक्ष्मी पूजाको दिन अर्थात कार्तिक २६ देखि कार्तिक ३० गते बिहीबारसम्म हुने भएको छ । जस अनुसार भाइटिकाको भोलिपल्टसम्म बिदा हुने राजपत्रमा उल्लेख छ ।
आउँदो वर्षको छठ पर्व मंसिर ३ गते बिदा हुने भएको छ ।
सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा फागुन १ गते जनयुद्ध दिवशका नाउँमा यो वर्षदेखि थालेको विदा दिने कार्यलाई पनि आउँदो वर्ष पनि निरन्तरता दिने भएको छ । देशभर लागू हुने सार्वजनिक बिदाबाहेक काठमाडौं उपत्यकामा गाइजात्रा, घोडेजात्रा, मत्येन्द्रनाथको भोटो देखाउने जात्रा र इन्द्रजात्रामा सार्वजनिक बिदा दिने भएको छ । देशभर महिलाहरूका लागि तिज र जितिया पर्वमा बिदा दिने उल्लेख छ ।
यसैगरी, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती र मोहम्मद जयन्तीमा सम्बन्धित समुदायलाई बिदा दिने सूचनामा जनाइएको छ ।

प्रकाशित मिति २०७९ चैत्र ३, शुक्रबार ०६:५७ गते
हजुरको प्रतिक्रिया