चामे(मनाङ)– भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले चालु आव ०७९÷८० को स्वीकृत कार्यकम अनुसार विभिन्न शीर्षकमा दिइने अनुदानका लागि अनुदान सेवाग्राहीहरूको छनौट भइ सबै अनुदान ग्राहीहरूसंगको अनुदान संझौता कार्यक्रम सोही अस्पतालका प्रमुख नारायण कुसुमको अध्यक्षतामा सम्पन्न भएको छ ।
सो कार्यक्रमको अवसरमा कार्यक्रमको महत्व, संझौताका वुंँदाहरू, कार्य सम्पन्न गर्न अनुदान ग्राहीहरूले अपनाउनु पर्ने आर्थिक र प्राविधिक पक्ष, अनुदान सम्वन्धी मापदण्ड जस्तो फार्ममा हुनु पर्ने पशु संख्याऽ गोठ खोरको प्राविधिक पक्ष, अनिवार्य पशु विमा, भुक्तानी लिदा समावेश हुने कागजातहरू, समयमा भुक्तानी लिनको लागि अपनाइनु पर्ने कार्य योजना आदिका वारेमा विस्तृत जानकारी प्रमुख कुसुमले दिनु भएको थियो ।
सो अवसरमा सहभागी हुनु भएका नासों गाउँपालिकाका इन्जिनियर नविन जोसीले अनुदान कार्यको लागि लगत इष्टिमेट जाँंच पास कसरी हुन्छ, यसमा अपनाइनु पर्ने आर्थिक र प्राविधिकका विविध पक्षमा सहजिकरण गर्नु भएको थियो ।
यसका साथै कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक शालिकराम सापकोटाले कृषकहरूले अनुदान भुक्तानी लिदा अपनाइनु पर्ने आर्थिक विल भर्पाइहरूको बारेमा जानकारी दिनु भएको थियो । उहाँले काम गरिएको हुन्छ तर कागजात कुन काम गर्दा कस्ता विल भर्पाइहरू पेश गर्दा वेरुजू आउंदैन सो का वारेमा प्रष्ट पार्नु भएको थियो ।
उक्त छलफलवाट अनुदानका लागि छनौट भएका अनुदान ग्राहीहरूले यही चैत ७ गते भित्रमा संझौता गरी सक्नु पर्ने, सम्झौता गरेको १५ दिन भित्रमा इन्जिनियरिङ लगत इष्टिमेट तयार गरी भेटेरिनरी अस्पतालमा इष्टिमेटको प्रतिलिपि पेश गर्ने र आउँदो जेठ १५ गते भित्र कार्य सम्पन्न गरी भुक्तानीको लागि अन्तिम विल पेश गर्नेमा सबैको सहमति भइ निर्णय समेत सर्बसम्मतिले भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख कुसुमले जानकारी दिुन भएको छ ।
कुसुमले अनुदान लिएर यसको सदुपयोग र यसको प्रभाव पनि मनाङको पशुपालनमा पर्नु पर्ने कुरामा जोड दैंदै अनुदान वास्तविक कृषकमा पुग्न सकोस र यसमा कुनै किसिमको अपारदर्शिता भए सकारात्मक सुझाव दिन पनि भेटेरिनरी अस्पतालवाट कृषकहरूमा अनुरोध गर्नु भएको छ । उहाँले दिनु भएको जानकारी अनुसार अधिकांश कृषकहरूले संझौता समेत गरिसकेका छन ।
सम्झौता भएका उद्देश्य र किसान संख्यामा साना ब्यावसायिक फार्म विस्तारमा छनौट भएका २० मध्ये १५ जनाले रहेको कुसुमले बताउनु भयो । उहाँका अनुसार याक चौंरीका वाच्छा वाच्छी संरक्षणका लागि छनौट भएका एक छनौट भएकोमा उहाँले नै संझौता गर्नु भएको छ ।
यसैगरी, समुदायस्तरमा चौंरी विकास तथा खर्कमा वाटो÷पानी निर्माण ब्यस्थापन कार्यक्रमा छनौट भएका २÷२ जना किसानमध्ये छनौट भएका चारै जनाले संझौता गरिसकेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘छनौट भएका किसानले साना ब्यावसायिक फार्म विस्तारमा एक लाख ५० हजारका दरले, याक चौंरीका वाच्छा वाच्छी संरक्षणमा पाँच लाख रुपैयाँ प्रति किसान र समुदायस्तरमा चौंरी विकास तथा खर्कमा निर्माण ब्यस्थापनमा प्रति किसान तीन लाख रुपैयाँ अनुदान प्राप्त हुन्छ ।’
प्रकाशित मिति २०७९ चैत्र ३, शुक्रबार २१:१० गते