उक्त अवसरमा सहयोगापेक्षी सडक आश्रित मानव व्यवस्थापन तथा उद्धार राहतका लागि सरोकारवालसँग अन्तरक्रिया गरिएको थियो ।
११ औं स्थापना दिवसमा एक समारोहको आयोजना
बेसीशहर– लमजुङको सदरमुकामा मावन सेवा आश्रमको सेवा सुरु भएको ११ औं स्थापना दिवसमा एक समारोहको आयोजना गरियो । सामाजिक विकास कार्यालय र मानव सेवा आश्रम बेसीशहरको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएकोहो । सो कार्यक्रमको प्रमुख अतिथि संविधानसभाका सदस्य जमिन्द्रमान घले हुनुहुन्थ्यो भने विशेष अतिथिमा आश्रमको परिकल्पनाकार एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारी । प्रस्तुत छ सो कार्यक्रमको फोटो फिचर ।
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..