एक विहानै सेरा ओह्रालोमा जिप दुर्घटना : सवेरै भएकोले मानवीय क्षति जोगियो

एक विहानै सेरा ओह्रालोमा जिप दुर्घटना : सवेरै भएकोले मानवीय क्षति जोगियो

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत ४ गते शनिवार ०७:३३

जिप धनी कलवारले पोखरा महानगरपालिका– ८ सिर्जना चोकमा रहेको हिमाल स्टोरको प्यान नंबर सहितको बिल लिएर चक्लेट विक्री गर्ने गरिआएको खुलेको प्रहरी भनाइ छ ।

पुरै लोड गरेको रोकिराखेको ग३ च ३७०९ जिप दुर्घटनामा परेकोे

बेसीशहर– लमजुङको सदरमुकाममा एक विहानै सेरा ओह्रालोमा जिप दुर्घटनामा परेको छ । चैत ४ गते विहान सबेरै मानिसको चलहपहल शुरु नहुँदै दुर्घटना भएका कारण मानवीय दुःखद क्षति हुनबाट भने जोगिएको छ ।
सो दुर्घटना लमजुङको बेसीशहर नगरपालिका– ८ को सेरा चेक(कारागारसँगै)बाट मलामेचौरतर्फ जाने सडकमा लिवन अर्गानिक खाद्य उद्योग रहेको अमरकाजी अधिकारीको आँगनमा भएको हो । सो चोकमा चक्लेटहरू आदि विक्री गर्दै हिड्ने पुरै लोड गरेको रोकिराखेको ग३ च ३७०९ जिप दुर्घटनामा परेकोे प्रहरी भनाइ छ ।

तर जिप र दुर्घटना स्थलको प्रकृतिले त्यो भरखर बेसीशहरमा प्रवेश गरेको र ब्रेक फेल भएर दुर्घटनामा परेको हुन सक्ने प्रत्यक्षदर्शी तथा सो जिपका कारणले बसैभन्दा बढी क्षति गरेको घरहाताकी धनी बविता अधिकारीले बताउनु भयो । उहाँका अनुसार यो मान्छे जिप भित्रै थियो, यसले म थिइन भनेर ढाटिरहेको छ । उहाँले भन्नुभयो, ‘जिपमा मान्छे नभएको भए त्यति माथिबाट नाली छलेर जिप कसी यहाँ आई पुग्छ ?’ उहाँले थप भन्नुभयो, ‘कुचो लगाउँदै थिए, एक्कासी ठूलो आवाज आयो, म त थरर्र कामे, यस्तो पो भएको रहेछ ।’ करिब एक ६०– ६५ मिटर माथिदेखि ब्याक हुँदै आएको जिपले हान्दा उहाँको घर कम्पाउण्डको पिल्लर भाँचिएको छ भने पर्खाल करिब १०– १२ हात भत्काएको छ ।
सो जिपवाला भैरहवा निवासी हरिनारायण कलवार आफैले हाकेर आएका तर त्यो बेलामा गाडी रोकेर आफू चिया खान गएको बताउनु हुन्छ । कलवारले पोखरा महानगरपालिका– ८ सिर्जना चोकमा रहेको हिमाल स्टोरको प्यान नंबर सहितको बिल लिएर चक्लेट विक्री गर्ने गरिआएको खुलेको प्रहरी भनाइ छ ।

प्रकाशित मिति २०७९ चैत्र ४, शनिबार ०७:३३ गते
हजुरको प्रतिक्रिया