सो बाल केन्द्र त्यहाँबाट प्रतिस्थापनका लागि बोसीशहर नगरपालिका– २ को बोहराबेसीमा २१ आनाको जग्गा खरिद गरी २ करोड १३ लाख रुपैयाँको संरचना निर्माणका थालनी भएको सो संस्थाका सचिव हुमा गुरुङले जानकारी दिनु भएको छ ।
जिल्ला न्यायाधीश शिवप्रसाद खनालको प्रमुख आतिथ्यता
बेसीशहर– आदर्श महिला तथा बाल विकास केन्द्र अन्तरगत सञ्चालित बाल विकस केन्द्रका संस्थापक अध्यक्ष सामाजिक व्यक्तित्व लेखनाथ अधिकारीको १० औं स्मृति दिवस मनाइएको छ । बेसीशहर नगरपालिका– ८ स्थित सोही बाल केन्द्रको प्रांगणमा आयोजित उक्त कार्यक्रम जिल्ला न्यायाधीश शिवप्रसाद खनालको प्रमुख आतिथ्यतामा चैत ४ गते गरिएको हो । स्व. अधिकारीकै परिकल्पना अनुसार शुरुमा मुठी दान पछि प्रतिदिन एक रुपैयाँ दानबाट सञ्चालित संस्थामा हाल एक करोडभन्दा बढी अक्षयकोष संकलन भइसकेको छ । सो बाल केन्द्र त्यहाँबाट प्रतिस्थापनका लागि बोसीशहर नगरपालिका– २ को बोहराबेसीमा २१ आनाको जग्गा खरिद गरी २ करोड १३ लाख रुपैयाँको संरचना निर्माणका थालनी भएको सो संस्थाका सचिव हुमा गुरुङले जानकारी दिनु भयो । संस्थाका अध्यक्ष, वरिष्ठ समाजसेवी सानुमाया गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको फेटो फिचर :
आजको युग सूचनाको युग हो । सूचना बिना मानिसको जीवन व्यर्थ छ । ई– प्रविधिको विकासले आज विश्वलाई एउटा गाउँ जस्तो बनाइसकेको छ । हामीले सचेतनासहित समाचारको पहुँच सर्वसाधारणमा पुर्याउनु पर्छ भन्ने उद्देश्यले पत्रकारिताको महत्त्वलाई आत्मसात गरेको चार दशक बितिसकेको छ । त्यस्तै, आफ्नै जन्म जिल्लामा नै बसेर पत्रकारिता गर्नुपर्छ भन्दै यस पवित्र कार्यको व्यावहारिक प्रयोग गर्न अर्थात् अन्तरङ्गको प्रकाशन थालेको पनि तीन दशक हुँदै छ । थप..