सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२ औं वार्षिक साधारणसभामा मेयर कोइरालाको प्रमुख आतिथ्यता

सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२ औं वार्षिक साधारणसभामा मेयर कोइरालाको प्रमुख आतिथ्यता

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत ५ गते आईतबार ०८:४५


संस्थाका अध्यक्ष ततबहादुर गुरुङले प्रगती प्रतिवेदन प्रस्तुत गर्दै बजारको दीर्घकालीन पानीको समस्या समाधान गर्न सहलगानीमा २० करोड बराबरको योजना संघीय खानेपानी कार्यालयको लगत इस्टिमेट प्रस्तुत गर्नु भयोे ।

उपभोक्ता समितिद्वारा नगरपालिका– ६ र ७ वडामा गुणस्तरीय खानेपानी प्रबन्ध गर्दै आएको दावी

सुन्दरबजार– लमजुङको सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुन्दरबजार नगरपालिकाका मेयर कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा चैत ४ गते सो सभा सम्पन्न भएको हो ।
सभाको उदघाटन गर्दै काइरालाले पानीका कारण ८५ प्रतिशतभन्दा बढी रोग लाग्न सक्ने भएकाले हामीले प्रयोग गर्ने पानी शुद्ध र सफा हुनु पर्ने बताउनु भयो । उहाँले खानेपानीको योजनामा नगरपालिकाको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सो कार्यक्रममा सुन्दरबजार नगरपालिका– ७ का वडा अध्यक्ष जयराम रेग्मीले हामीले खानेपानी मुहानदेखि मुखसम्म आई पुग्दा पानी कसरी शुद्ध गर्न सकिन्छ ? भन्नेबारे चिन्तनशील हुनुपर्ने बताउनु भयो । उहाँले यस क्षेत्रका जनतालाई कसरी सर्वसुलभ तरिकाले खानेपानी पु¥याउन सकिन्छ भन्नेबारे वडा जानकार भएको उल्लेख गर्दै योजना लिएर आएमा सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
उक्त खानेपानी उपभोक्ता समितिले यस नगरपालिका– ६ र ७ वडामा गुणस्तरीय व्यवस्थित खानेपानी प्रबन्ध गर्दै आएको छ ।
संस्थाका अध्यक्ष ततबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काँग्रेस सुन्दरबजारका नगर सभापति प्रकाश सेढाई, नेकपा एमाले सुन्दरबजारका प्रतिनिधि कृष्ण आचार्य, रा.प्र.पा. सुन्दरबजार नगरपालिका प्रतिनिधि बोजबहादुर थापा, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका जिल्ला अध्यक्ष प्रीतम अधिकारी, सुन्दरबजार बृहत खानेपानी योजनाका अध्यक्ष प्रेम जिशी, चेम्बर अफ कमर्सका अध्यक्ष बिष्णुकुमार श्रेष्ठ, लउबा संघ सुन्दरबजार इकाईका अध्यक्ष दण्डबहादुर सुनार, खानेपानी उपभोक्ता समितिका निबर्तमान अध्यक्ष उत्तम गुरुङ, खानेपानी उपभोक्ता समितिका भूतपूर्ब अध्यक्ष शिवकुमार पोख्रेल, जग्गा दाता गेहेन्द्र बाबु मिश्र, खानेपानीका सल्लाहकार रामबाबु श्रेष्ठ, सुन्दरबजार गाविसका पूर्वअध्यक्ष शंकरमान श्रेष्ठ, सुन्दरबजार रेडक्रस सोसाइटीका अध्यक्ष निर्मल केसी, पुरानोडिही खानेपानी उपभोक्ता समितिका प्रतिनिधि बिमला पौडेल, सोही खानेपानी उपभोक्ता समितिका हिराबहादुर सापकोटा लगायतले शुभकामना सहित आ–आफ्नो धारणा राख्नु भएको थियो ।
साधारणसभामा संस्थाका अध्यक्ष ततबहादुर गुरुङले संस्थाको प्रगती प्रतिवेदन प्रस्तुत गदै सुन्दरबजारको दीर्घकालीन पानीको समस्या समाधान गर्नका लागि जलवायु अन्तर्गत सहलगानीमा २० करोड बराबरको योजना संघीय खानेपानी कार्यालयको लगत इस्टिमेट प्रस्तुत गर्नु भएको थियोे ।
सो संस्थाका सचिव नेत्र गुरुङले सञ्चालन गर्नु भएको कार्यक्रममा आ.ब. २०७८÷७९ को लेखा परीक्षण प्रतिबेदन प्रबन्धक नवीन पोख्रेलले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति २०७९ चैत्र ५, आईतवार २०:४५ गते
हजुरको प्रतिक्रिया