लमजुङ– रास्वपाले संगठन विस्तार गर्ने क्रममा सुन्दरबजार नगरपालिकामा नगरस्तरीय कमिटि गठन गरेको छ । सो दलको नगर भेलाले नगर समिति गठन गर्नुका साथै केही वडा कमिटि गठन गर्ने र वडामा सम्पर्क व्यक्ति तोक्ने काम चैत ९ गने गरेको हो । सो पार्टीको आज राइनास नगरपालिकामा कमिटि गठन गर्ने कार्यक्रम रहेको छ ।
सो भेला जिल्ला संयोजक धर्म केसीको अध्यक्षतामा भएको थियो । जिल्ला उपसंयोजक अशोक सापकोटाले सञ्चालन गर्नु भएको भेलाले नगर कमिटि गठन गर्नुका साथै वडानं– ६, ८ र ९ को समेत कमिटि चयन गरेको छ ।
नगर कमिटिको सभापतिमा श्याम केसी चयन हुनु भएको छ । उपसभापतिमा दिपेन्द्र न्यौपाने, सचिव राजेन्द्र अधिकारी र कोषाध्यक्षमा सावित्री खड्का चयन हुनु भएको छ । यसैगरी, सदस्यहरुमा प्रकाश अधिकारी, इन्दिरा खनाल अधिकारी, भिम गौली, पुस्तकराज तिवारी, आनन्द श्रेष्ठ र सूर्यबहादुर बुढापृथी चयन हुनु भएको छ ।
यसैगरी, सो पालिका– ६ को कमिटि पवन ढकालको अध्यक्षतामा गठन गरिएको छ । सो वडाको उपाध्यक्ष हिराबहादुर केसी, कोषाध्यक्ष अञ्जु थापा चयन हुनु भएको छ । कमिटिको सदस्यहरुमा विक्रम थापा, सुनिल अधिकारी, वीरेन्द्र केसी, चेतबहादुर केसी, पदमबहादुर सुनार र बीरबहादुर गुरुङ चयन हुनु भएको छ ।
यसैगरी, वडानं– ८ मा कृष्णबहादुर कुँवर अध्यक्ष चयन हुनु भएको छ भने उपाध्यक्षमा पुरुषोत्तम ढकाल, सचिव विष्णु केसी, उपसचिवमा कल्पना विक चयन हुनु भएको छ । सो कमिटिको सदस्यहरुमा नथे गुरुङ, यशोदा ढकाल, बलराम ढकाल, माधव कुँवर, राजु कार्की, प्रेम ढकाल र गौरी भुजेल चयन हुनु भएको छ ।
सोही भेलाले सो पालिकाको वडानं ९ मा पनि कमिटि गठन गरिएको सो पार्टीले जनाएको छ । सो कमिटिको अध्यक्षमा मनोज अधिकारी चयन हुनुभएको छ । यसैगरी, उपाध्यक्ष कमलराज ढकाल, सचिव सरिता घिमिरे चयन हुनु भएको छ । सो कमिटिको सदस्यहरुमा सीता अधिकारी, सूर्यबहादुर कट्टेल, मीनबहादुर बानिया, शित्तलकुमार श्रेष्ठ र इन्द्रजीत कार्की चयन हुनु भएको छ ।
कमिटि गठन पछि सो पार्टीका जिल्ला संयोजक धर्म केसीले नवनिर्वाचितहरुलाई शपथ ग्रहणका साथ प्रशिक्षित गर्ने कार्य गर्नु भएको थियो । केसीले पार्टी विधान, संविधानको मुल मर्म, पदाधिकारीका साथ कार्यकर्ताहरुले अध्ययन गर्नु पर्ने विषय, काम, कर्तव्य र अधिकार, पार्टी सिद्धान्तलाई जनस्तरमा पुर्याउने विधि, पार्टीको नेटवर्क सञ्चालन विधि, केन्द्र र प्रदेश कमिटि सञ्चालनको तारिका, पार्टीले आजसम्म गरेका कार्यहरुको भूमिका तथा फेसबुक लगायतबाट पार्टीका विपक्षमा चलाइएका भ्रम एवम् अफवाहहरु चिर्ने र समाजमा अनय दलका नेता कार्यकर्ताभन्दा हामी के कसरी फरक शैली र व्यवहारका साथ प्रस्तुत हुने भन्ने विषयमा प्रकाश पार्ने काम गर्नु भएको थियो ।
प्रकाशित मिति २०७९ चैत्र १०, शुक्रबार २०:४५ गते