रास्वपा परिवर्तनको आँधी हो, रोक्न खोज्नेहरू आफै बढारिनेछन् : गौतम

रास्वपा परिवर्तनको आँधी हो, रोक्न खोज्नेहरू आफै बढारिनेछन् : गौतम

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत ११ गते शनिवार ०७:२३

रास्वपाको सदस्य वा कार्यकर्ता हुनु भनेको उसले सुशासनको पक्ष पोषण गर्ने हो, यो पार्टीका मान्छे पनि उस्तै रहेछन् भन्ने स्थितिको अन्त्य गर्नु पर्छ, त्यसैले आफैमा राम्रोका लागि प्रयास गर्नुस्, नराम्रा आनीबानी छन् भने पनि सुधार गर्न आवश्यक छ भन्ने उल्लेख गर्नु भयो । उहाँले कुनै पनि कार्यालयमा घुस खुवाएर काम लिन्छु भन्ने सोचको अन्त्य गर्नु पर्छ त्यस्तो कार्य झुक्किएर पनि नगर्नु होला भन्ने निर्देशन दिइयो ।

बेसीशहरमा राष्ट्रिय स्वतन्त्र पार्टीको नगरस्तीय कमिटि गठन : सभापतिमा राउत

बेसीशहर– राष्ट्रिय स्वतन्त्र पार्टीका गण्डकी प्रदेशका सभापति राजन गौतमले रास्वपा परिवर्तनको आँधी हो, रोक्न खोज्नेहरू आफै बढारिनेछन् भन्नु भएको छ । उहाँले सो पार्टीद्वारा यहाँ आयोजना गरिएको बेसीशहर नगरपालिकास्तरीय भेलाको उदघाटन गर्दै चैत ११ गते त्यस्तो बताउनु भएको हो ।
गौतमले उदघाटन मन्तव्य व्यक्त गर्दै त्यस्तो धारणा राख्नु भएको हो । उहाँले रास्वपा आम नेपालीको परिवर्तनको चाहना एवम् आशा र भरोसा हो, यसलाई कसैले रोक्न सक्ने छैन, जस्ले रोक्न खोज्छ यो आँधीमा उ आफै बढारिने छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले गर्न खोजेका राम्रा कामको ईर्ष्याका कारणले गर्दा यस्तो स्थिति बेहोर्नु परेको हो तर त्यसले हामीलाई थप उर्जा प्रदान गरिआएको र गर्नेछ ।’
उहाँले आफ्नो पार्टीले देशमा सन्तुलित राजनीति गर्ने गरेको उल्लेख गर्दै हामी कुनै वादी होइनौं, हामीले सन्तुलनको राजनीति गर्ने भएको हुँदा प्रधानमन्त्रीमा माओवादी अध्यक्ष प्रचण्डलाई, सभामुखमा एमालेलाई, उपसभामुख आफ्नै दल, राष्ट्रपतिमा काँग्रेसका रामचन्द्र पौडेललाई र उपराष्ट्रपतिमा महिलालाई मत दिएर त्यसको पुष्टि गरेको बताउनुभयो । उहाँले थप प्रष्ट्याउँदै भन्नुभयो, ‘आउँदो बैशाख १० गते हुने उपनिर्वाचनमा कुनै पनि दलसँग तालमेल नगरी रास्वपा एक्लै लड्ने नीति र निर्णय छ ।’ नयाँ कामका लागि युवा पुस्ताले आँट गर्ने र पाकापुरानाहरूको अनुभवलाई सँगसँगै लिएर जानु पर्छ उहाँले भन्नुभयो ।
उहाँले कार्यकर्ताहरूमा उर्जा भर्दै भन्नुभयो, ‘विश्वास र हिम्मतले परिवर्तन सम्भव हुन्छ । अन्य दलले एउटा दलमा लाग्नै पर्ने स्थिति उत्पन्न गराएँ तर हामी यो वा त्यो दलको नभनी सबैका पक्षमा काम गर्ने छौं ।’ उहाँले थप भन्नुभयो, ‘हामी गणतन्त्रवादी हौं, यही व्यवस्थामा मानिसका अवस्था परिवर्तन गर्न चाहन्छौं, त्यसैले देशमा परिवर्तनको चाहना राख्नेहरू सबै हामीसँग जोडिनु पर्छ ।’ त्यस्तो परिवर्तनका लागि आँट गर्नु पर्छ र त्यसैबाट इतिहास लेखिन्छ, त्यसमा जुटौं र अघि बढौं हामी सधैं साथमा हुनेछौं उहाँको दृढोक्ति थियो । उहाँले जन्म दिनमा बृक्षरोपण हाम्रो पार्टीको पनि अभियान हो भन्दै त्यसका अभियन्ता सेढाईजी बधाईका पत्र हुनुहुन्छ भन्नुभयो ।

उहाँले नगर कमिटिका नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ खुवाउनु भएको थियो ।
उक्त कार्यक्रममा सो पार्टीका प्रदेश सदस्य तथा नवलपुरका जिल्ला संयोजक राजिश्वर लामिछानेले गत निर्वाचनको स्मरण गर्दै पाँच सय भोट आउँदैन भन्ने हल्ला फैलाइएको बेलामा २४ हजार ५०३ मत ल्याएर दोस्रो स्थानमा काँग्रेसका शशांक कोइरालासँग करिब १७ सय मत अन्तरले मात्र पराजित भएको बताउनु भयो । हामी बेथिति र विसंगतिको अन्त्य चाहन्छौं त्यसका लागि तपाईहरू सबैको साथ सहयोग चाहिन्छ भन्नुभयो ।
त्यस्तै, उक्त अवसरमा लमजुङका जिल्ला संयोजक धर्म केसीले आफ्नो संक्षिप्त मन्तव्यमा परिवर्तन समयको माग हो र आम देशबासीको चाहना हो, यो रोकिने छैन बरु रोक्न चाहनेहरू नै सिद्धिने छन् र त्यस्तो दिन टाढा छैन भन्नुभयो । उहाँले सरकारमा जनता र देशका पक्षमा काम गर्न जाने हो, मन्त्रीहरूले कुनै खराबी गरेका छन् भने औंला ठड्याउन सकिन्छ तर काम नै गर्न नदिई अनावश्यक टिकाटिप्पणी गर्नेतर्फ नलागौं र त्यस्तो भ्रमपूर्ण कुरा नसुनौं भन्नुभयो । उहाँले हाम्रो पार्टीको नेताहरूले गल्ती गरेमा हामी आफै खबरदारी गर्ने छौं, अन्य दलको जस्तो नेताका सामु लम्पसार पर्ने छैनौं भन्ने उल्लेख गर्नुभयो ।

जिल्ला संयोजक केसीले उहाँले पछिल्लो पटक प्रजिअहरूको सरुवाको बारेमा टिप्पणी गर्दै कतिपय सिडिओले आफ्नो जीवनमा पहिलो पटक बिना घुस सरुवा हुन पाएको आफूहरूलाई बताएको उल्लेख गर्दै घुस बिना सरुवा भएका सिडिओले भ्रष्टाचार गर्नु पर्ने छैन, गर्ने छैनन् हामी यसरी मुलुकमा सुशासनको प्रत्याभूति दिन चाहन्छौं भन्नुभयो । उहाँले विदेशको नोट चल्ने तर भोट नचल्ने स्थितिको अन्त्यका लागि आफूहरूले काम गर्ने जमर्को गरेको जानकारी दिदै हामी तेल भिसा(छोरा÷छोरीले नाति÷नातिना जन्माउँदा तेल गाउन बाबु÷आमालाई बोलाउने)मा विदेश जाने प्रवृत्तीको विरुद्धमा छौं भन्नुभयो ।

रास्वपामा आवद्ध कुनै पनि सदस्य वा कार्यकर्ताले कुनै पनि कार्यालयमा घुस खुवाएर काम लिन्छु भन्ने सोचको अन्त्य गर्नु पर्छ, उहाँले रास्वपाको सदस्य वा कार्यकर्ता हुनु भनेको उसले सुशासनको पक्ष पोषण गर्ने हो, यो पार्टीका मान्छे पनि उस्तै रहेछन् भन्ने स्थितिको अन्त्य गर्नु पर्छ, त्यसैले आफैमा राम्रोका लागि प्रयास गर्नुस्, नराम्रा आनीबानी छन् भने पनि सुधार गर्न आवश्यक छ भन्ने उल्लेख गर्नु भयो । उहाँले कुनै पनि कार्यालयमा घुस खुवाएर काम लिन्छु भन्ने सोचको अन्त्य गर्नु पर्छ त्यस्तो कार्य झुक्किएर पनि नगर्नु होला भन्ने निर्देशन दिनुभयो ।
नगर सभापतिमा राउत :
सो भेलाले रास्वपाका नगरपालिकास्तरीय समिति गठन गरेको छ । जसमा निवर्तमान शिक्षक कृष्णबहादुर राउत सभापति चयन हुनुभएको छ । त्यस्तै, उपसभापतिमा हरिकृष्ण बुढाथोकी, सचिवमा शर्मिला अधिकारी चयन हुनुभएको छ । यसैगरी, कोषाध्यक्षमा पुजा तिवारी चयन हुनुभएको छ भने सदस्यहरूमा भक्तबहादुर अधिकारी, विनोद गुरुङ, आशीष ढकाल, अनिल थापा मगर, ज्ञानबहादुर भण्डारी र प्रित्तम गुरुङ चयन हुनुभएको सो पार्टीका जिल्ला उपसंयोजक अशोक सापकोटाले बताउनु भएको छ । उहाँका अनुसार सो कमिटिको एक स्थान पछि पूर्ति गरिने बताइएको छ ।

प्रकाशित मिति २०७९ चैत्र ११, शनिबार १९:२३ गते

हजुरको प्रतिक्रिया