राष्ट्रिय युवा संघको जिल्ला अध्यक्षमा योग गुरुङ

राष्ट्रिय युवा संघको जिल्ला अध्यक्षमा योग गुरुङ

अन्तरङ्ग न्युज

@antaranganews

२०७९ चैत १५ गते बुधबार ०७:४८

५३ सदस्यीय जिल्ला कमिटी गठननवनिर्वाचित अध्यक्ष गुरुङ सुन्दरबजार नगरपालिका– ९ का स्थायी बासिन्दा गुरुङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समेत हुनुहुन्छ । उहाँ जिल्ला अध्यक्षमा निर्वाचित यसअघि राष्ट्रिय युवा संघको सुन्दरबजार नगरकमिटीको अध्यक्ष हुनुहुन्थ्यो ।

बेसीशहर– राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी लमजुङको जिल्ला अध्यक्षमा योगबहादुर गुरुङ (कालु) निर्वाचित हुनुभएको छ । संघको यहाँ सम्पन्न ११ औँ जिल्ला अधिवेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । गुरुङको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष गुरुङ सुन्दरबजार नगरपालिका– ९ का स्थायी बासिन्दा गुरुङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष समेत हुनुहुन्छ । उहाँ जिल्ला अध्यक्षमा निर्वाचित यसअघि राष्ट्रिय युवा संघको सुन्दरबजार नगरकमिटीको अध्यक्ष हुनुहुन्थ्यो ।
संघको उपाध्यक्षमा प्रदिप घिमिरे(बेसीशहरं) निर्वाचित हुनुभएको छ । उहाँ पनि यसअघि बेसीशहर नगर कमिटीको अध्यक्ष हुनुहुन्थ्यो । सचिवमा यसअघि राइनास नगर कमिटिको अध्यक्ष रहनु भएका प्रदिपजंग गुरुङ चयन हुनुभएको छ । यसैगरी, उपसचिवमा बेसीशहरका सन्तोष घले र देवराज गुरुङ तथा कोषाध्यक्षमा खेम घलेलाई चयन गरिएको छ । घले यसअघि मस्र्याङ्दी गाउँ कमिटीको पूर्वअध्यक्ष हुनुहुन्छ ।
संघको खुला सदस्य सहित ६ जना नगरपालिकालाई, जिल्ला कमिटीमा ३ जना, अल्पसंख्यक ३ जना, भूगोलतर्फ महिला, दलित, जनजाति १/१ जना र २ जना खुला सदस्य गरी ५ सदस्य गाउँपालिकाको तर्फबाट सर्वसम्मत चयन गरिएको नवनिर्वाचित सचिव प्रदिपजंग गुरुङले बताउनुभयो । उहाँका अनुसार सबै पालिकाको बराबार प्रतिनिधित्व हुने गरि समानुपातिक र समावेशी आधारमा नयाँ कमिटी चयन गरिएको छ ।

प्रकाशित मिति २०७९ चैत्र १५, बुधबार ०७:४८ गते
हजुरको प्रतिक्रिया