डा. स्वर्णिमको ऐतिहासिक घोषणा : ‘कांग्रेस परित्याग’

डा. स्वर्णिमको ऐतिहासिक घोषणा : ‘कांग्रेस परित्याग’

नवराज पहाडी

@antaranganews

२०७९ चैत १६ गते बिहिबार ११:०३

कांग्रेस छाडेको औपचारिक घोषणा गर्दै स्वर्णिम वाग्लेले भन्नुभएको छ, ‘कांग्रेस अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’
अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।

निगाह कुरेर नबस्ने उदघोष : कांग्रेस छाडेपछि स्वर्णिम वाग्ले रास्वपाबाट चुनाव लड्ने पक्का

काठमाडौं– नेपाली कांग्रेसका नेतासमेत रहनु भएका अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोड्ने ऐतिहासिक घोषणा गर्नु भएको छ । कांग्रेसका नेताहरूलाई पत्र लेखेर त्यसको जानकरी चैत १६ गते गराउनु भएको हो । अर्थशास्त्री स्वर्णिम वाग्लेले काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू कांग्रेसमा नरहेको सन्देश पठाउनु भएको हो ।
उहाँले भन्नुभएको छ, ‘वि.सं. २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।’
कांग्रेस छाडेको औपचारिक घोषणा गर्दै स्वर्णिम वाग्लेले भन्नुभएको छ, ‘कांग्रेस अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’ उहाँले लेख्नु भएको कांग्रेसप्रति अपार सद्भावका बावजुद आरजु गिरोहको हेपाइले कांग्रेसमा बस्न नसकेको उल्लेख गर्नु भएको छ । उहाँले नेताहरूलाई भेटेर आफ्धा धारणा राख्दा कांग्रेस नछोड्न आग्रह गर्ने भन्दै आफू निगाह कुरेर नबस्ने उल्लेख गर्नु भएको छ ।
उहाँले कांग्रेसबाट अलग भएको औपचारिक घोषणा गर्दै बलियो वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बताउनु भएको छ । वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरी तनहुँ– १ मा उपनिर्वाचन लड्ने चर्चा सुरु भएको छ । वाग्लेले यसबारे केही खुलाउनु भएको छैन ।
डा. वाग्लेले समय तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै डेलिभरीको प्रयासमा लागेको समेत बताउनु भएको छ ।
डा. वाग्ले नेपाली काँग्रेसको घोषणा पत्र(मूलत आर्थिक कार्यक्रम) लेख्ने व्यक्तित्व समेत हुनुहुन्छ ।
डा. स्वर्णिमले लेख्नु भएको पत्र :
प्रिय दाइ,
हजुरहरूको अपार सद्भावका बावजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा– आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।
अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ । यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ ।
कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रुपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँ जहाँ रहन्छौँ, त्यहीँबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु ।

स्वर्णिम

वाग्लेले थप भन्नुएको छ, त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेँ । विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ । तर पछिल्ला वर्षहरूमा कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ । जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु, साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।
अब कांग्रेस– कम्युनिष्टका असल मानिस, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ ।
सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु वाग्लेले उदघोष गर्नु भएको छ ।
आम नैराश्य चिरेर ’यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल !
अब स्वर्णिम दिन आउने छन् : सभापति रवि
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले अब स्वर्णिम दिन आउने छन्, एकको बदला तीन लिएर संसद् छिर्ने सपना छ भन्ने उदघोष गर्नु भएको छ । उहाँले भन्नुभएको छ, ‘एकको बदला तीन लिएर संसद् छिर्ने सपना’ रहेको उल्लेख गर्नु भएको छ ।
आगामी वैशाख १० गते उहाँले गुमाएको चितवन– २ सहित तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । त्यसतर्फ संकेत गर्दै रविको अभिव्यक्ति आएको हो ।
फेसबुकमा उहाँले भन्नुभएको छ, ‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरू टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिनहरू आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ । एकको बदला तिन लिएर संसद् छिर्ने सपना छ ।’

प्रकाशित मिति २०७९ चैत्र १६, बिहीबार २३:०३ गते
हजुरको प्रतिक्रिया