बेसीशहर– लमजुङमा एसईईको तयारी पुरा भएको छ । आज चैत १७ गतेबाट सुरु हुने एसईईमा यो वर्ष जिल्लाबाट कुल दई हजार आठ सय ११ जना परीक्षार्थीहरूले भाग लिदै छन् । तीमध्ये १६४ जना प्रविधिक धारका परीक्षार्थी छन् ।
आज चैत १७ गतेबाट शुरु हुने एसईई परीक्षामा जिल्लाभरका जम्मा ८७ माविका छात्र/छात्राले यो वर्षको भाग लिने भएका हुन् । उक्त परीक्षाको सबै तयारी पुरा गरी केन्द्राध्यक्षलाई समेत प्रशिक्षण दिएर आवश्यक सामग्री सहित परीक्षा केन्द्र सञ्चालन गर्न निर्देशन दिएर पठाएको शिक्षा विकास तथा समन्वय इकाईका जिल्ला प्रमुख बीरबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार यो वर्ष ८७ माविका दुई हजार आठ सय ११ जना विद्यार्थीले उक्त परीक्षामा भाग लिने भएको हुँदा सोही अनुसारको तयारी गरिएको छ । उहाँले भन्नु्भयो, ‘‘सम्बन्धित विद्यालयको प्रधानाध्यापकलाई नै केन्द्राध्य तोकिएको हुँदा परीक्षा सञ्चालनमा थप सहज हुने आंकलन गरिएको छ ।’
एसईई परीक्षाका लागि १७ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख गुरुङको भनाइ छ । उहाँका अनुसार ती केन्द्रको क्षमता अनुसार विद्यालय र परीक्षार्थी संख्या मिलाईएको छ । यो वर्ष एक परीक्षा केन्द्रमा सबैभन्दा कम ६८ जना परीक्षार्थीहरू सर्वोदय मावि दुराडाँडामा सहभागी हुने भएका छन् । त्यस्तै सबैभन्दा बढी सदरमुकाम रहेको जनविकास माविमा तीन सय चार जना परीक्षार्थी सहभागी हुँदैछन् गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार एक परीक्षा केन्द्रमा कम्तिमा तीन विद्यालय र बढीमा ८ विद्यालयका परीक्षार्थीले जाँच दिने प्रवन्ध गरिएको छ ।
अन्य परीक्षा केन्द्र तोकिएका विद्यार्थी संख्यामा अमर मावि खुदी– १९५, जनविकास मावि चण्डिडाँडा– २२०, भूपू सैनिक आमावि बेसीशहर– १८५, बालकल्याण मावि भकुण्डे– ७७, जनकल्याण मावि उदीपुर– १४०, जनकल्याण मावि चिति– १२४, भक्ति नमूना मावि भोटेओडार– २४३, बुद्धमिलन मावि प्यारजुङ– १२३, शैलपुत्री मावि धमिलिकुवा– १८३, बीरभक्ति मावि तार्कुघाट– १३१, आदर्शबाल मावि सुन्दरबजार– २३०, विद्याज्योति मावि खहरे– ९०, भैरवकाली मावि दुईपिप्ले– १८०, ईशानेश्वर मावि भोर्लेटार– १५६ र कुशुमाकर मावि रामबजारमा १६२ जना परीक्षार्थीले भाग लिन शिक्षा इकाईका प्रमुख गुरुङले उल्लेख गर्नु भयो ।
यो वर्ष जिल्लाका सात विद्यालयबाट एक सय ६४ जनाले प्राविधिक विषयको एसईई परीक्षा दिने भएका छन् ।
सम्वन्धित विद्यालयका प्रधानाध्यापकलाई नै केन्द्रध्यक्ष तोकिएको शिक्षा इकाईका प्रमुख गुरुङले बताउनु भएको छ । उहाँका अनुसार केन्द्र प्रमुखहरूमा अमर मावि खुदी– तीर्थबहादुर बस्नेत, जनविस मावि चण्डिडाँडा– राजु थापा, जनविकास मावि बेसीशहर जितबहादुर कोइराला, भूपू सैनिक आमावि बेसीशहर– बिनोद गुरुङ, बालकल्याण मावि भकुण्डे– तीर्थराज न्यौपाने, जनकल्याण मावि उदीपुर– सूर्यबहादुर अधिकारी, जनकल्याण मावि चिति– अशोककुमार श्रेष्ठ, भक्ति नमूना मावि भोटेओडार– यज्ञराज घिमिरे, बुद्धमिलन मावि प्यारजुङ– अम्मरबहादुर न्यौपाने हुनुुहुन्छ ।
यसैगरी, शैलपुत्री मावि धमिलिकुवा– दिनेश चिलुवाल, बीरभक्ति मावि तार्कुघाट– नुरमोहमद मिया, आदर्शबाल मावि सुन्दरबजार– सूर्यबहादुर बराल(प्राविधिकतर्फ), विद्याज्योति मावि खहरे– सूर्यबहादुर केसी, सर्वोदय मावि नरेशकान्त अधिकारी, भैरवकाली मावि दुईपिप्ले– हरिश्चन्द्र लम्साल, ईशानेश्वर मावि भोर्लेटार– रामकृष्ण घिमिरे र कुशुमाकर मावि रामबजारमा ध्रुवराज घिमिरेलाई खटाइएको शिक्षा इकाईका प्रमुख गुरुङले उल्लेख गर्नु भयो ।
गतवर्षको तुलनामा कुल परीक्षार्थी संख्यामा यो वर्ष दुई सय छ जनाले कमी भएको जानकारी शिक्षा इकाईका प्रमुख गुरुङले दिनुभयो । उहाँका अनुसार गत वर्ष कुल तीन हजार १७ जनाले एसईई परीक्षामा भाग लिएका थिए ।
स्रोत– अन्तरङ्ग राष्ट्रिय साप्ताहिक ।
प्रकाशित मिति २०७९ चैत्र १७, शुक्रबार ०६:४७ गते